लोक गीत
केटा:
तिमीलाई छोडी मुग्लान पसेको छु|
रहर नभन्नु बाध्यताले बसेको छु|
बस्नु प्यारी परदेशीलाई पर्खिएर,
आउनेछु छिट्टै अब,
गाउँघर अनि तिमीलाई सम्झिएर|
केटी:
काखको छोरा छोडेर गएका हौ|
कति साह्रो निष्ठुरी भएका हौ|
बसेको छु प्यारा तिमीलाई पर्खिएर,
गाउँघर अनि मलाई सम्झिएर|
केटा:
दिन बित्दैछ बिछोडको पिरमा|
साहुको ऋण परेको छ नउठ्नेगरी शिरमा|
बस्नु प्यारी परदेशीलाई पर्खिएर,
आउनेछु छिट्टै अब,
गाउँघर अनि तिमीलाई सम्झिएर|
केटी:
सम्झनाले मुटु बिजाउछ काडाँलेझैँ|
तिमीबिना एक्लै जिउनु कसरि खै|
बसेको छु प्यारा तिमीलाई पर्खिएर,
छिट्टै आउनु घर
गाउँघर अनि मलाई सम्झिएर|
केटा:
तड्पाईमा राखौ तिमीलाई कतिदिन|
तिरेपछि फिर्नेछु साहुको ऋण|
बस्नु प्यारी परदेशीलाई पर्खिएर,
आउनेछु छिट्टै अब,
गाउँघर अनि तिमीलाई सम्झिएर|
केटी:
सुख दुखमा संगसंगै हासौला|
साहुको ऋण बिस्तारै तिरौला|
बसेको छु प्यारा तिमीलाई पर्खिएर,
छिट्टै आउनु घर
गाउँघर अनि मलाई सम्झिएर|