चौंथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस २०१७ जनवरी १ तारिख

नेपाली टोपी: हाम्रो शान, हाम्रो मान र हाम्रो पहिचान
१ जनवरी २०१७ का दिन चौंथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ
मनाऔं ।

प्रिय मित्रवर,
बिगतका वर्षहरुमा जस्तै यो वर्ष जनवरी १, २०१७ मा पनि नेपाली टोपी लगाएर
नेपालीपनका साथ् अंग्रेजी नयाँ वर्षलाई अझै बिशेष बनाऔं। यसले
अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो
संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्दछ ।
नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश / स्थानहरुमा समग्र नेपालीहरुको
साझा र मौलिक पहिचानको चिह्न नेपाली टोपी रहेको छ । शताब्दीऔं देखि प्रयोग भै
रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय
बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस
मनाई रहेका छौं। अगिल्लो वर्ष विश्वव्यापीरुपमा भएको व्यापक जनसहभागिता र
संचार माध्यमहरुबाट पाएको सहयोग यसपटक पनि प्राप्त हुनेछ भन्नेमा हामि पूर्ण
बिश्वस्त छौं ।
१ जनवरीका दिन आ-आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाऔं, फोटो
खिचौं अनि नेपाली टोपी दिवसको फेसबुकमा अपलोड गरौँ ।
आ-आफ्नो फेसबुक र ट्वीटर जस्ता सामाजिक संजालमा यसैसँग संलग्न फोटाहरुलाई
आ-आफ्नो वाल र प्रोफाइल फोटोहरुका रुपमा प्रयोग गरौँ ।
नेपाली / गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र
विस्तार गरौँ ।
गत बर्ष जस्तै यसपाली पनि १ जनवरी २०१७ का दिन चौंथो अन्तर्राष्ट्रिय नेपाली
टोपी दिवस भव्यताका साथ मनाऔं ।
फेसबुक पेज: https://www.facebook.com/nepalitopiday

धन्यवाद
भवदीय
तेश्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस का लागि
डा. लेखनाथ काफ्ले, ताइवान
शंकर बन्जाडे, नेपाल

,