गजल

नवराज बुढा 'नवीन उदासी'नवराज बुढा 'नवीन उदासी' 

डाँडा माथीको जून पनि छेकिएको छ। 
थाहा छैन यो मन किन हेपिएको छ।। 

निर्दोषीलाई दोशी लगाउने कानुन पनि, 
देखाउ यहाँ कुन कागजमा लेखिएको छ। 

याद गर.. सत्यको अगाडी सत्यकै जित हुन्छ, 
त्यसैले होला बैरी'नि शरणमा देखिएको छ। 

अनयासै दुखेर आउँदा कहिले काहिँ मन, 
यस्तो लाग्छ कतै मुटुको टुक्रा पनि चेपिएको छ। 

म जहाँ छु, जे छु आफ्नै अवस्थाले गर्दा, 
सफलतामा सफलताले पाईला टेकिएको छ।