नवराज बुढा 'नवीन उदासी'हाम्रै भविष्य सम्झी,
हाम्रै भविष्यको लागि
कमाउन भनि ल्हासा पुगें
तर फर्किएर
म छिट्टै आउन सकिन।
किनकि म भित्र धेरै बाध्याताहरु थिए,
धेरै विवासताहरु थिए।
म यही विवसता भित्र
हराएको त्यहि
म एउटा मान्छे हुँ।
तर तिमीले
छोडी गयौ एक पटक
पनि मलाई बुझ्ने चेष्टा
गरेनौ।
तिमि मेरो भरमा परेनौं
सायद, तिमीले सम्झ्यौ होला,
सायद तिमीले सोंच्यौ होला अब फर्की आउंदैन,
गयो... सदालाई गयो..
हो यस्तै सम्झ्यौ होला ?
मलाई थाहा छ,
त्यसैले आज कसैको
भयौ।
तर मेरो मुटु तिमि संगै थियो।
जहाँ तिमि थियौ,
त्यी भञ्ज्याङहरुमा, त्यी बिगत बाटाहरुमा
मलाई कुल्चेर हिंड्यौँ
तर पनि म चुपचाप रहन्छु।
केहि पनि बोल्दिन,
सायद कतै देख्यौ होला ?
हो.. म त्यहि मान्छे हुँ।
प्रेमको अथाह सागरमा
संगै सहयात्रा गर्दा गर्दै
हात छोड्यौ, र तिमीले मलाई आज एक्लै
बनायौ। म त्यहि
नदिको पानी झैँ
आँखाभरी आँशु बगाएको छु।
मनभरी पिडा संगालेको छु
त्यी सबै तिमीले दिएको चोटहरु हुन।
तर मैले त्यी पीडा र चोटहरुलाई उपहार
सम्झिएर साँची रहेको छु.।
तिमीले मलाई त्यही यात्रामा
छोडे देखि म आज तैरिएर
जसोतसो रित्व-रित्व बगरमा आएको छु।
हेर्छु आफै तिर, हेर्छु बगर
तिर.. र देख्छु सबै बाटहरु झरेर एक्लो र
उदास रुखहरु
सायद, देख्यौ तिमिले
तर चिनेनौ। हो..
म त्यहि मान्छे हुँ।
आज तिम्रो बारे..
कतै सुनेको छु, कतै देखेको छु, कतै
अखबारमा पढेको छु।
अनि कतै सपनीमा पनि भेटेको छु। र हर
सपनीमा आउँछौ।
सपनीमै देखे पनि
भेटे पनि कता कता अतितले छाति दुखेर आउँदा रुन्छु।
तर तिमि त उल्टो
हाँस्यौँ...
सायद भुल्यौ बिरहको एउटा
परदेसी हो म त्यहि मान्छे हुँ।।
मेरो कोमल दिल तोडेर
पराई संग दिल जोड्न गयौ
आखिर ! दिल पनि जोड्यौ..
तर तिमि जसको पछि लागेर गयौ,
उसको बारेमा
केहि अबुझ नै थियौ।
जब गयौ उसको पछी लागी गयौ र देख्यौ
हबिगत.... उसको
त घरमा अर्कै अर्धाङ्गीनि थियो।
कतै तिमिले गए देखी एउटा मान्छे
वियोगमा देख्यौ
हो.. म त्यहि एउटा मान्छे हुँ।
मलाई आज तिम्रो बारे
थाहा छ,
सबै याद र सम्झना छ
त्यो दिन सबैको...
तर अब तिमि मेरो हुन सक्दैनौ
म तिम्रो हुन सक्दैन,
किनकी हाम्रो नाता
सदालाई टुट्यो..
जसबाट धोका पाउँदा
जीवन विरहमा वनको
न्याउली झैँ
एक्लो जीवन गुजार्दै छु।
कतै मेलापात जाँदा,
कतै घाँस दाउरा
जाँदा एउटा मान्छे भेट्ने छौँ।
हो.. म त्यहि मान्छे हुँ।
हो.. म त्यहि मान्छे हुँ।।