गीत

नवराज बुढा 'नवीन उदासी' 

भावनामा बहकिने मन बुझाउन सकिन मैले। 
हाम्रो जस्तो कोमल मन अरु कसैको देखिन मैले।। 

एक्लै हुँदा यो जीवनभरी दु:ख माथी दु:ख पाएँ, 
थाहै पाइन कहाँको मान्छे म आज धेरै टाढा आएँ। 
एक्लै हिँड्छु यो शहरमा नजिकको कोहि भेटिन मैले, 
हाम्रो जस्तो कोमल मन अरु कसैको देखिन मैले।। 

हाँसेर जीवन बिताउँदा'नि बगायो आँशुको भेलले, 
भाग्य नै टुट्दा उदासी भो यो मन दैबको खेलले। 
त्यसैले पाइला सफलतामा कहिल्यै टेकिन मैले, 
हाम्रो जस्तो कोमल मन अरु कसैको देखिन मैले।। 

भावनामा बहकिने मन बुझाउन सकिन मैले। 
हाम्रो जस्तो कोमल मन अरु कसैको देखिन मैले।।