गीत

नबराज बुढा 'नवीन उदासी'छोडी जानेको यादमा आँशु धेरै बगाए छु।। 
बैगुनीलाई आज मैले ब्यर्थै गुन लगाए छु।। 

किन खै ! मायाँले यसरी यो मुटु दुखायो, 
हाँस्दा-हाँस्दै, बोल्दा-बोल्दै मनै रुवायो। 
घृणा गर्दा गर्दै पनि त्यो मन पराए छु, 
बैगुनीलाई आज मैले ब्यर्थै गुन लगाए छु। 

मायाँको घर पनि बाध्यताको हुरीले ढल्यो, 
थाहै पाइन आगो बिना नै यो मुटु सबै जल्यो। 
आँखाको आँशुले आज बल्ल आगोलाई हराए छु 
बैगुनीलाई आज मैले ब्यर्थै गुन लगाए छु। 

छोडी जानेको यादमा आँशु धेरै बगाए छु, 
बैगुनीलाई आज मैले ब्यर्थै गुन लगाए छु।