एक्लै गर्छौ होला मेलापात....

थेगो - एक्लै गर्छौ होला मेलापात।
          सम्झनामा सधैभरी,
          बित्छ होला दिन रात।

केटा : के छ तिमिलाई कस्तो छ।
          म त छुट्टिमा आउदिन जस्तो छ।

केटी : लाग्न छाड्यो प्यारा तिम्रो भर।
          ठिकै छ अरु आमालाई सञ्चो छैन आउ घर।

केटा : पापि साहुले तलब दिदैन।
          टिकट किनु भन्छु पैसा पपुग्दैन।

केटी : मन बसालु कहाँ छैन मायाको खात।
        न्याउला जस्तै भएकी छु छैन तिम्रो साथ।

केटी : दुख मन धेरै अब नदुखाऊ।
        सुख दुख जे भए नि घर चलाउ।

केटा : माया भन्दा पैसा होइन ठूलो।
         बिर्सिएर गाउँ घर तिम्रो मन भुल्यो।

केटा : खुसी र उमङ्ग लिएर आउने छु।
         बाटो हेरि बस्नु छिट्टै आउने छु।

केटी : मेरो मन पनि एकोहोरो टोलाउछ।
         छोराले पनि बाबा भन्दै बोलाउछ।

© नवराज बुढा "नवीन उदासी"
रचना मिति : २०७२/०३/२३
रफमा रहेको गीत