पिरतिको घर बनाउने कहिले....
थेगो : पिरतिको घर बनाउने कहिले हो?
त्यो दिलबाट यो दिलमा,
छिट्टै भन आउने कहिले हो ?
केटा : जहाँ जान्छु तिम्रै मात्रै याद आउँछ।
किन यति धेरै सम्झनाले सताउछ।
केटी : भोलि मलाई पार्ने हौकि अलपत्र ।
पछि अर्कै राख्छौ कि दिलभित्र।
केटा : तिमी म तिम्रो बनाएर हेर पहिले।
जोडे सके घरबार साथी सबैसबैले
केटी : तिम्रो मन कस्तो छ थाहा छैन।
दिन छ अझै उमेर गएको छैन।
केटा : मन दुखाएर एक्लै बुझाउनु पर्ला।
सोचि हाल बेलैमा पछि पछुताउनु पर्ला।
केटी : हेलो हाई कान्छी भन्ने त धेरै छन।
तिमी जस्तो माया गर्नेहरु धेरै छन।
© नवराज बुढा "नवीन उदासी"
रचना मिति : २०७२/०६/१८
नोट : सबै लेखिएका लोक गीतहरु रफमा रहेका छन्।