५ गजलकारको १ शेर गजल

संयुक्त नारी गजल....

नारी हिंसाको नारा उठाई,उठ नारीहरु।
सबै  अब एक भै अगाडी, जुट नारीहरु। - नवीन उदासी

कति बस्छौ भनन ? अत्याचार र दमनमै,
छिद्रा-छिद्रा परेको त्यो निष्ठा, खुट नारीहरु। - युवराज दर्पण

बिरोध  गरेर  अन्याएको  बोल  नडराई,
रुढीबादी समान्तिलाई  नै, भुट नारीहरु। - भगवती बस्नेत

हत्या हिँसा र दुर्व्यवहार अति भयो यहाँ,
पशु   व्यवहार  गर्नेलाई, कुट  नारीहरु। - कल्पना भावुक

बिकृती र विसंगतिको अन्त्य गर्न अब,
धुम्रपान र मध्यपान देखी, छुट नारीहरु। - खडक उदासी बिएम