नारी गजल

संयुक्त नारी गजल....
नारी हिंसाको नारा उठाई,उठ नारीहरु।
सबै  अब एक भै अगाडी, जुट नारीहरु।
- नवीन उदासी
कति बस्छौ भनन ? अत्याचार र दमनमै,
छिद्रा-छिद्रा परेको त्यो निष्ठा, खुट नारीहरु।
- युवराज दर्पण
बिरोध  गरेर  अन्याएको  बोल  नडराई,
रुढीबादी समान्तिलाई  नै, भुट नारीहरु।
- भगवती बस्नेत
हत्या हिँसा र दुर्व्यवहार अति भयो यहाँ,
पशु   व्यवहार  गर्नेलाई, कुट  नारीहरु।
- कल्पना भावुक
बिकृती र विसंगतिको अन्त्य गर्न अब,
धुम्रपान र मध्यपान देखी, छुट नारीहरु।
- खडक उदासी बिएम
फोटो : गूगल