लोक दोहोरी गीत
केटा थेगो :- मेरो चोखो मायालाई बुझ्नै सकेनौ।
साचो माया गरे पनि मैले,
चोखो मायालाई बुझ्नै सकेनौं।
केटी थेगो :- तिम्रो मायालाई चिन्नै सल्दिन।
साचो हो कि झुटो हो था'छैन,
त्यै भएर मैले बुझ्नै सकिन।
केटा : मेरो माया नदिझै बग्यो।
धोका दियौ भाग्यले नि थग्यो।
केटी : निष्ठुरीले घाट गर्यो नभन्नु।
तिमी पनि अब कसैको बन्नु।
केटा : मेरो भएनौ कसको हुनेछौ।
मलाई कुनैदिन सम्झेर रुनेछौ।
केटी : तिमी भन्दा झन राम्री भेटाइयो।
कसरी खै ! उसलाई मन पराइयो
केटा : धन देखेर नै गर्यौ आनाकानी।
सधै हास्दै खुशिमा बित्योस जिन्दगानी।
केटी : मलाई अब बिस्तारै भुल्दै जाऊ।
सम्झेर भेट्न क्यैले नआऊ।
केटा : किन तिमी यो मन्मा नफुली ओइलायौ।
धोका नै दिनेभए मन किन दियौ।
केटी : एउटा झरे अर्को फूल फुल्छ।
नदुखाऊ मन बिस्तारै भुल्छ।
© नवराज बुढा "नवीन उदासी"
रचना मिति : २०७३/०८/२०