चर्चाको शिखरमा प्रेम वली

चर्चाको शिखरमा वली आउदै..
-नवराज बुढा "नवीन उदासी"

अहिले रोल्पा जिल्ला साहित्य र साङ्गीतिक क्षेत्रमा निकै अघि बढिरहेको छ। राजधानी देखि निकै मोफसलमा रहेर पनि दस बर्षे जनयुद्धले पिछडिए पनि रोल्पाले अग्रज गीतकार, साहित्यकारहरु धेरैको जन्म गराई सकेको छ, र हामी सबैले सुन्ने र सम्झिने नामहरु डिबि टुहुरो, रमेश क्षितिज, दामु मर्सिफुल, बिष्णु सन्यास, मोहन सहयात्री, प्रेमप्रकास मायालु, खेमराज गाउँले, नवीन लोचन आदि हुन्।

 त्यसै गरेर गायन तिर राधिका हमाल, ज्योती मगर, शान्ती श्री परियार, सागर अविरल, कर्ण खड्का अनुरागी, भिम ज्वलन्त योगी, मोहन घर्ती, गोबिन्द पुन, कमला पुन, झन्कार बुढा मगर, लिला दसौडी, केशवराज चन्द  आदि हुन। यतिमा मात्रै होइन धेरै नै छन। तर यहाँ म अहिले मनमा आए जति र सम्झे जतिको नाम मात्रै लिएको छु। यसरी नै असंख्य गीतकार गायककारहरु र अझै नव प्रतिभाहरु जन्मिने क्रम जारी नै छ। तर म आज रोल्पाको डुब्रीङमा जन्मिएका सर्जक प्रेम ओलिको बारेमा केही लेख्न प्रयत्न गरिरहेको छु।

आजै आँटम भो, जादु अँग अँग, के छ त अोई काली,  बस्नु पर्छ फेरि यो मन जलाई... अरु तीन ओटा लगायत एक दर्जन जति गीतहरु पक्कै पनि तपाइले कतै रेडियोमा सुन्नु भएको छ होला। यदि सुन्नु भएको छैन भने म यी नै शब्दहरुको सर्जकको बारेमा केही कुरा लेख्दैछु।

भनिन्छ-गीत सङ्गीत मान्छेको मनको भारी बिसाउने सुख दु:खको एउटा चौतारी हो। त्यसैले गीत सङ्गीत मन नपराउने सायद कमै होलान। गीत सङ्गीतहरु मध्य सुदुर अनि पश्चिम तिर झन लोक लय झ्याउरेमा अझ बढी नै गाइन्छ। त्यसैले पनि होला उतै तिर बढी लोक गीतका पारखी स्रोताहरु बढी पाइन्छन्।

यसै क्रममा जन्मिएका छन होनहार प्रखर एउटा प्रतिभासाली गीतकार, सङ्गीतकार र हाँस्यब्यङ्य कलाकार  प्रेम ओली.. ओलिलाई चिन्ने आधार यति मात्रै छैनन्। उहाँलाई चिन्ने आधारहरु प्रसस्तै छन। पेशाले शिक्षक भए पनि सबै क्षेत्रमा अगाडी बढिरहनु भएको छ। यति मात्रै नभएर उहाँ स्थानिय एउटा सामुदायिक रेडियोमा पनि कार्यरत रहेर साहित्यिक कार्यक्रम 'सृजनाको फूलबारी' र लोक साङ्गीतिक कार्यक्रम 'लोक विहानी' पनि सञ्चालन गर्दै आउनु भएको छ।

प्रेम वलिको शब्द र दर्सना तिरुवा र खुमन अधिकारीको संयुक्त स्वरमा सजिएको लोक भाका 'बस्नुपर्छ फेरि यो मन जलाई'को अपार सफलता पश्चात् फेरि अर्को लोक गीत 'आजै आँटम भो'.. बजारमा आएको छ। म आज यहि गीतको बारेमा केही छोटो कुरा लेख्दैछु।

आजै आँटम भो.. नामक यो गीतको भिज्युअल बुढा सुब्बा डिजिटल  प्राली द्वारा बजारमा आएको छ। बुढा सुब्बा डिजिटलको यु ट्युब चानेलमा उपलोड उक्त गीतको भिडियोलाई ४४ जना भन्दा बढिले लाइक गरेका छन भने ५४,६७२ जना बढिले हाल सम्म हेरिसकेको उक्त गीतलाई शान्ती श्री परियार र गीतकार स्वयंको डाइरेक्टर र शब्द, स्वर रहेको छ भने म्युजिक कम्पोज हेमन्त शिशिरको सङ्गीतमा छायांकन अशोककुमारको रहेको छ। त्यसै गरि भिडियोको अभिनय तिर राज मगर र रश्मि तामाङ्गको रहेको छ। अरु गीतहरु www.freenepalisong.com मा गएर पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। 

गीतले अझ धेरै स्रोतारुको मन जिट्न सफल रहोस्। सञ्चारकर्मी, गायककार, सङ्गीतकार, हाँस्यब्यङ्य कलाकार प्रेम वलिलाई कोटि सफलताको अनगिन्ती शुभकामना। धन्यवाद।