सुन्दर फूलले... गजल

सुन्दर फूलले कहिल्यै घमन्द गर्दैन।
मै राम्री भन्ने तिम्रो बानी मन पर्दैन।

फुलझै बन्न सिक काडाझै बन्न सिक
बरु त्यो तिम्रो बैँस कहिल्यै झर्दैन।

दोष लगाउछ्यौ नजिकै आयौ भनी,
तिम्रो मन पेट नपाएर कोहि सर्दैन।

स्वार्थी छन मान्छे दुनियाँ नै अचेल,
पराई त के आफ्नैको पनि भर छैन।

जानुछ पारी त्यो क्षितिजको बस्तिमा,
वारि नदि तर्नलाई भारी मनले तर्दैन।
©नवीन उदासी