तिमिलाई माया गर्छु.....


गीत
-नवीन उदासी

तिमिलाई माया गर्छु मात्रै भन्न सकिन।
यो जुनिमा म तिम्रो मान्छे बन्न सकिन।

जिवनमा आज यो कस्तो समय आयो।
सङ्गै जिउने मर्ने सपना अधुरो नै भयो।
साचो थियो या झुटो माया चिन्न सकिन,
यो जुनिमा म तिम्रो मान्छे बन्न सकिन।

लुकिलुकी क्षितिजबाट सधै नै हेर्थ्यौ।
थाहा थियो पक्कै माया मलाई गर्छ्यौ।
भेट्न आउने बाटो मैले खन्न सकिन।
यो जुनिमा म तिम्रो मान्छे बन्न सकिन।

तिमिलाई माया गर्छु मात्रै भन्न सकिन।
यो जुनिमा म तिम्रो मान्छे बन्न सकिन।
©www.blog.navarajbudha.com.np