राष्ट्रिय कविता महोत्सबमा रोल्पाका कवि विष्णु सन्यासको प्रथम कविता

धरानमा आयोजित कविता प्रतियोगितामा प्रथम रोल्पाली कवि बिष्णु सन्न्यासको प्रथम हुन अब्बल कबिता ।
***अान्दाेलनमा ईश्वरहरू****
-विष्णु सन्न्यास ( ठेगाना - राेल्पा)
स्वयम् ईश्वरहरू नै
आन्दाेलनमा छन अचेल
अस्तित्वकाे
उनीहरूलाई मन पर्दैन
पृथ्वीकाे प्रत्येेक कुना छाेएर वहने
याे वतासकाे आधुनिक रङ
उनीहरूकाे आँखालाई मन पर्दैन
क्षितिज र प्रखालहरू नाघेर टाकुरा-टाकुरा
दगुरिहिँड्ने जून जस्ताे मानिसकाे मन
उनीहरूलाई मन पर्छ बरू
जँगलमै बसेर मानिस
मन्दिर-मन्दिरहरूमा भेटी चढाएकाे
खनेर बृक्षका जरा-जरा
समयकाे त्याे आदिम गुफा छेउँ
भ्रमकाे कुनै अमुर्त शालिक राखेकाे
उनीहरू कहिल्यै देख्दैनन्
गुम्बा, मस्जिद र चर्च अघि निधार ठाेक्दै
अभावकाे रक्ताम्य कविता लेख्दै गरेकाे
कुनै बेराेजगार प्रेमिकाे कारूणिक अनुहार
उनीहरूकाे कानले कहिल्यै सुन्दैन
प्रत्येक विहान सुर्यलाई निधारमा बाेकेर
गाउँकाे उकालाे चढ्दै गरेकाे बृद्ध हजुरआमाकाे गीत
बरू सजिलै देख्न सक्छन् उनीहरू
भिड र जुलुसहरूमा केटाकेटीहरूले
शास्त्रका अलाैकिक पाेस्टकार्डहरू
च्यात्दै हिँडेकाे अफ्ठ्याराे दृष्य
सजिलै सुन्न सक्छ उनीहरूकाे कानले
सम्झाैतामा चित्त नबुजे पछि
मान्छेहरूले मन्दिर र देवताकाे मुर्ति
भत्काउँदै हिँडेकाे प्रत्येक गाेप्य समाचार
ईश्वरहरू भन्नु सँसारकै
सवैभन्दा खतरनाक शासक न रहेछन्
कि थाेपा थाेपा पसिनाले उमारेकाे धानका
अक्षिता-अक्षिताहरूले उनीहरूकाे पाेल्टा भरिदिनुपर्ने
कि घर भत्किदा मुस्किलले सम्हाली राखेकाे
एक थान कात्राे पनि च्यातेर धजा बनाई
उनीहरूकै नाममा चढाईदिनुपर्ने
अकस्मात एक दिन कहाँवाट हाे कुन्नि
गईपुगेथेँ उनीहरूकाे आन्दाेलनमा
र हेर्दैथिए उनीहरूकाे अाईटम नृत्य
ठिक त्यसैबेला भिडमा उभिएका
असँख्य ईश्वरहरूमध्ये एउटाले सम्बाेधनमा भन्याे
तर मेराे आन्दाेलन ईश्वरहरूलाई ईश्वर बनाउन हैन
ईश्वरहरूलाई मानिस बनाउनकाे लागि हाे ।

,