मेरो समिक्षात्मक कोसिस

                                                                           -नवराज बुढा 'नवीन उदासी' 

यो मेरो कृति समिक्षा होइन,  मात्र हो... एउटा लेख्ने रहरले गर्दा र कविता पढेर मनभरी छचल्किएका कविताका त्यी भावहरुले साह्रै मन छुन पुग्यो| त्यसैले आज नजानेर भए पनि एक दुई शब्द लेख्ने कोसिस गरिरहेको छु, र डीबी. टुहुरोको कविता सङ्ग्रह 'विहानी' बारेमा पढी सके पछी काब्यकारिताको बारेमा आ-आफ्नो धारानाहरु कमेन्ट बक्समा राख्न सक्नु हुनेछ| धन्यवाद !
kAVITA SANGRAH..
यति खेर मेरो हातमा रोल्पाली कवी डी.बी. टुहुरोको कविता सङ्ग्रह 'विहानी' छ| यो कविता सङ्ग्रह मेरो हात सम्म उपलब्ध गराई दिनुहुने मेरो प्रिय मित्र खेमराज गाउँले प्रति आभारी छु, खेमराज गाउँले जीले 'विहानी' मात्रै होइन 'विहानी'को साथमा अर्को प्रतितिनिधि कविता सङ्ग्रह 'रोल्पाली कवि र कविता' पनि साथमै पठाई दिनु भएको थियो| तर म यहाँ बिहानी भित्र छु|

रोल्पाली कवी डी.बी टुहुरोको कविता सङ्ग्रह एउटा रात पछिको विहानी मात्रै होइन| यो एउटा परिवर्तनको बिहानी हो, यो एउटा संविधानको बिहानी हो, यो एउटा नयाँ नेपालको बिहानी हो, यो संघीय लोकतन्त्र र पुरै भविष्यको बिहानी हो| यहि सुनौलो बिहानीमा कयौंका छोरा/छोरीहरु सहिद भए, कयौंका आफन्त र परिवार साथी भाइहरु पनि यहि बिहानी ल्याउँदा ल्याउँदै कयौं सहिद भए.. कयौको लाएको शिरैको सिन्दुर पुछियो, कयौं दिदीबहिनीहरु बिधुवा भए, कयौंको छोरा गुम्यो, कयौंको छोरा छोरीहरुले प्राणको आहुती दिएर गए| तर अझै फर्केर आएको छैन..  जनताले चाहको जस्तो देशमा सुनौलो विहानी.. यस्तै आम मानिसहरुको जनचेतना र सिंगो राष्ट्रको यो हो कविता सङ्ग्रह 'विहानी'|

घर्तीगाउँ रोल्पा निवासी कवी डीबी टुहुरो यो कविता सङ्ग्रह बिहानी सहित केहि संयुक्त र केहि एकल गरेर करिव-करिव एक दर्जन जति साहित्यिक पुस्तकहरु प्रकाशित छन्| 'टुहुरो' कविता सङ्ग्रह (०५६, 'प्रेम' मुक्तक सङ्ग्रह (२०५७), 'जीवन' कविता सङ्ग्रह (२०५८), 'तिमि' मुक्तक सङ्ग्रह (२०५९), 'स्पन्दन' संयुक्त गजल सङ्ग्रह (२०६०), 'सिर्जना' कविता सङ्ग्रह (२०६९), 'स्पन्दन-२' गजल सङ्ग्रह सह-(२०६२), 'बिहानी' कविता सङ्ग्रह (२०६७. तपाइको हातमा) प्रतिनिधि संयक्त कविता सङ्ग्रह 'रोल्पाली कवी र कविता' (२०६४) यी सबै उहाँको प्रकाशित कृतिहरु हुन् भने एउटा आधुनिक गीति एल्बम 'सृष्टिको फूल' (२०६९) मा बजारमा आएको छ| र उहाँको बारेमा संक्षिप्त  जानकारी संगै कविता सङ्ग्रह 'विहानी' बारेमा डा. कृष्णराज डिसीले आफ्नो भूमिकामा लेखेका छन्-"उपयुक्त काब्य वा कविताका आधारमा भन्नु पर्दा कविता संग्रहका लेखक टुहुरो (२०३५)प्रान्जल भाषा शैलीमा अभिब्यक्ती भएको देखिन्छ|  यो सङ्ग्रह भित्र छन्द र छन्द मुक्त गरी जम्मा बैसट्ठी ओटा कविताहरु समाबेश गरिएका छन्| संरचनाको दृष्टिले हेर्दा भाह्र्य संरचना र आन्तारिक संरचनाको सन्तुलित संयोजन पाएका प्रत्यक कविताको रस्वादन पनि फरक-फरक छ|  खास गरी समसामयिक भावधारालाई आत्मसाथ गरी रचना गरिएका यो कविताहरुमा नव जागरण, चेतना, मानबता, दर्शनपुर्णहरु प्रतिको समान, बिर सहिदहरु प्रति समान, प्रकृति प्रेम, समयको महत्वबोध, सामाजिक तथा राजनीतिक बिकृति र विसंगती प्रति व्यंग्य प्रहार तथा युद्धको बेफाइदालाई उद्घाटन गरिएको छ|" जस्तै:

युद्ध चलेको छ-हातियारको
युद्ध चलेको छ- शक्तिको
युद्ध चलेको छ- सत्ताको...
             (युद्ध कसका लागी)

र यसै गरेर आफु जस्तै साहित्यलाई अनगिन्ति मायाँ गर्ने साहित्याकर समयको आपत्ति र बिपत्ति बाट यस संसार बाट गुमाउनु पर्दा (स्व. कवी इन्द्र यात्री) उनै स्वर्गिए कवीको सम्झनामा लेखिएको एउटा कविताको हरफ यस्तो छ:

कठोर बज्र हो बो यहाँ, कठै ! थिएन कल्पना
घरीघरी छ सम्झना घरीघरी छ मूर्च्छना|
न रातमा निदाउनु, न भोक प्यास लाग्नु,
न बाँची फेरी आउनु, न साथ् फेरी पाउनु|
                                    (श्रद्धान्जली)

कविता सङ्ग्रह बिहानी भित्रको एउटा कविताले ठुलो शान्तिको चाहनामा ठुलो आशा बोकेको छ| दश बर्षे  जनयुद्धले पिछदिएको रुकुम, रोल्पा मात्रै होइन पुरै देशमा नै द्वन्दले आफ्नै घरका दाजुभाई पनि सत्रु भएर लडेको कविताको एउटा यस्तो भाव व्यक्त कविताको एउटा हरफ:

लड्नु के भिड्नु के शत्रुको भेषैमा|
सत्रुको ? मित्र को ? एउटा देशैमा|
भाइको युद्धमा गर्नु पो के छ र ?
यो मर्यो उ मर्यो के रह्यो शेषमा|
                                     (शान्तिको चाहना)

आफु कवी तथा लेखक र शिक्षेक भएर पनि दश बर्षे जनयुद्धले रित्तिएको सिउँदोको कथा, छोरा/छोरी गुमाएका रित्व काखको कथा व्यथाहरु, सुकुम्बासीको दर्दनाक पीडाहरु, मगन्तेहरुको करुण कथा र एउटा किसान अथवा पसिना बगाउने परिश्रमी र अन्य यस्तै पीडाहरु आफुले देखेर भोगेर पनि केहि पनि महसुस गर्न नसके जस्तो भाव झल्किएको कविताको अंश:

कतै हराए जस्तै,
कतै बिलिन भए जस्तै,
आकर्बिहीन, प्रकार बिहिन
रित्तिएको छु म, सिद्धिएको छु म
अस्तित्वको जीवनमा अस्तित्वहीन छु म...|
               (अस्तित्वहीन मान्छे म)

आफ्नो मायाँलु अथवा जीवन साथीको जन्मदिनमा कविले कविता मार्फत आफ्नो मनको मान्छेलाई कविता मार्फत  नै निकै चिरायुको कामना पनि यसरी व्यक्त गरेका छन्|

जन्दिनको बधाई !
मुटुभरिको मायाँ
संसार भरिको खुसि
ओठभरिको हाँसो,
अनि जनम जनमको साथ
बधाई छ, तिम्रो जन्मुत्सबमा |
                       (तिम्रो जन्मौत्सब)

अत्याचारिले आफ्नै दिदि बहिनीहरुको अस्तित्व लुट्दा र व्यभिचारीको बिरोध अनि सम्मानित जीवनको लागी र सम्मुनत समाजको लागि मैले केहि गर्ने पर्छ भन्ने भावको १०७ औं पृष्ठमा रहेको कविता यस्तो छ:

भो अब सहन्न म
अत्याचारिको पराकाष्टा
भ्याभिचारिको चलखेल
बलात्कारीको ज्याजति
हो...
केहि गर्ने पर्छ मैले..|

                (अब सहन्न ,)

अन्त्यमा रोल्पाली कवी डीबी टुहुरोको कविता सङ्ग्रह बिहानीमा पौरखी, किसान, बिर सहिद, बसन्त, गुरु चेला, , कलम यात्रा, यौवन आदिको बिषयलाई चित्रण गरेर कविले काव्यिक बिषय बनाएर अझ सङ्ग्रहलाई सुन्दर बनाएका छन्| यो त मेरो लाटो मस्तिष्कले लेख्ने कोसिस मात्रै हो| जुन लेख्नु पर्ने कुरा थियो, जुन उल्लेख गर्नु पर्ने बिषय थियो| जसलाई मैले समेट्न सकिन| त्यसैले  एकपटक यो कविता सङ्ग्रह नै किनेर अध्ययन गर्नुहुन पनि म अनुरोध गर्दछु समस्त कविमनहरुलाई... र यो कविता संग्रह राप्ती साहित्य परिषद दाङले प्रकाशन गरेको छ र यसको मुल्य नेपाली रु. १०० मात्रै रहेको छ| म फेरी पनि भन्न चाहन्छुकि- यो मेरो सङ्ग्रह बिहानीको समिक्षा होइन र यो एउटा श्रष्टा सम्मान र लेख्न कोसिस मात्र हो है... (हेहेहेहेहेह) जानकारी गराउनु  चाहन्छु|

                   धन्यवाद !