सागरको यात्रा

-गायक/गीतकार/संगीतकार: सागर अविरल 

यस पालिको काठकाण्डौं यात्रा अतितको यात्रा भन्दा अलि बढी बिशेष महत्वपूर्ण र ब्यस्त रह्यो। रोल्पाको बुढागाउँमा जन्मनु भएका युवा, उर्जासिल र मिलनसार साहित्यकार तथा गीतकार नवराज बुढा 'नवीन उदासी'को गीतमा भोकल राख्न भाद्र २३ देखि रोल्पाबाट सुरु भएको यो मेरो यात्रा र थोरै समयको बसाईमा रोल्पाली जनवादी गायक तथा सामना परिवारका संयोजक झंकार बुढा र लोकदोहोरी गायिका राधिका हमालकी श्रीमान, उत्कृष्ट संगीत संयोजक तथा अत्यन्तै मिलनसार कृष्ण पुन, रोल्पाली गीत संगीतमा राम्रो सम्भावना बोकेका युवा गायक हरिपुन, रोल्पा जेल्वाङका लोकदोहोरी गायक कुञ्ज बहादुर बुढा र मेरो आत्मिय मित्र श्याम डाँगी लागायतका धेरे साथीहरु सँग भेटघाट र भलाकुसारी भयो । 

भाद्र २६ गते २ बजे रेकर्डिङ समय भएकोले हामी २ जना कृष्ण पुन र म गंगबु बसपार्क बाट कमलपोखरी ए वान रेकर्डिङ स्टुडियोमा पुग्र्यौ । त्यहाँ पुग्दा कयौं गीतहरुमा संगीत भरीसकेका र अहिलेको अत्यन्तै चर्चित गीत नजरबाट टाढा भाग्यौ .. बोलको गीत र अतितको सम्झनाले... बोलको यो गीतमा पनि आफैले नै संगीत गरेका युवा मिलनसार तथा उदयमान संगीतकार राजेश थापा, साहित्यकार/गीतकार तथा गायिका नैना निरझरा लगाएत रेकर्डिङ स्टुडियोका साथीहरु सँग परिचय चियापान र साँगितिक कुराकानी पछि मेरो भोकल रेकर्ड भयो। मरो पहिलो गीत जलाएरै मार्ने भए... मा पहिलो अनुभव त्यति नभएकोले मलाई अलि गाहे भएको थियो। तर यस पटक यो गीतमा मैले सहज रुपमै गाउन कोसिस गरें| महिला भोकलको लागि नैना निरझराको स्वरमा छिट्टै रेकर्ड हुँदैछ । मेरो रेकर्डिङ समापनपछि राजेश सर सँग कुराकानी गर्दागर्दै साँझ  पर्न थालीसकेकोले राजेश सरले टयाक्सी ब्यवस्था गरी नैना निरझरा र मलाई पठाउनु भयो र राजेश सर लगाएत सबै साथीहरु सँग बिदा भयौं । र म नयाँ बसपार्कमा झरें भनें नैना निरझरा स्यंम्भु तिर लाग्नु भयो । 

काठमाण्डौंको यो बसाईमा राजेश थापा सरले हामप्रिति धेरै चासो सदासयता र सहयोग गर्नु भयो । उहाँले देखाउनु भएको यो ब्यवहार बाट म अति नै प्रभावित र खुशी छु । त्यसै गरी बसपार्क देखि रेकर्डिङ स्टुडियो सम्म आफ्नो बाइकमा पुराएर कृष्णपुन सरले मलाई सहयोग गर्नु भएको थियो । यस पटकको काठमाण्डौं यात्रामा मैले गरेको अनुभब उपलब्धि र अवसरको यो सबै श्रेय म नवराज बुढा 'नवीन उदासी' सरलाई नै दिन चाहान्छु। किनभने उहाँले आफ्नो गीतमा अहिले चलेका चर्चित गायक रामकृष्ण ढकाल, स्वरुपराज आर्चाय, प्रमोद खरेल, राजेश पायल राई, दिपक लिम्बु जस्ताको स्वर नराखेर मेरो स्वर राख्ने यो  सबै भेटघाट सहकार्य र भोकलको अवसर दिनु भयो । त्यस कारण म राजेश सर , नवीन सर , कृष्ण सर, नैना निरझरा लगाएत सबै साथीहरुलाई अन्तर हृदय देखि नै हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्न चाहान्छु । समग्रमा काठमाण्डौंको यो बसाई र भेटघाटमा भएको अनुभूतिलाई सम्पूर्ण (फेसबुक साथीहरुलाई राख्दै) जानकारी राख्दै  म आफ्नै गृह जिल्ला रोल्पामा सजिल्यै आइपुगेको जानकारी गराउछु। 

बाँया बाट क्रमशः नविन उदासी, राजेश थापा , नैना निरझरा म र हरिपुन — .