मेरा पाँच मुक्तकहरु

नवराज बुढा 'नवीन उदासी'

तल लेखिएका सबै पाँच ओटै मुक्तक समय अभाका कारण लय केहि शब्द मिलाउनु पर्ने कुरा बाँकि नै छ। अहिले टाईप मात्र गरेको छु।


मुक्तक-१ 

(१)
दुख्दा मुटु छामी हेर्ने हात खोज्दैछु 
जिबनभर अंगालोमा बेर्ने साथ खोज्दैछु।
छोडेर गईन आज आकाशको जुनतारा संगै 
भेट्छु भन्दै गन्तव्यमा त्यै रात खोज्दैछु।

(२)
कस्तो यो कर्म भाग्यले ठग्यो मलाई 
एक्लै पारी आज कुन दुनियाँ लग्यो मलाई।
आफ्नै हराएको खुसी खोज्दै थिएँ एक्लै 
कता आयो सबै खुसी माग्यो मलाई।

(३)
यो दु:खी कर्मको के कुरा गरौँ खै !
घाउ त कती दुख्छ मर्मको के कुरा गरौँ खै !
ढुंगा पनी देवता हुन्छ भन्थे सबैले 
तर, आज फुटाए धर्मको के कुरा गरौँ खै !

मुक्तक-२ 

(१)
बिबसतामा अल्झिएको कस्तो यो जिन्दगी 
दुखै दु:खमा बल्झिएको कस्तो यो जिन्दगी।
दु:ख पर्दा मलाई एक्लै छोडेर गएँ सबै आज 
दुखमा मा दुखैमै पन्छिएको कस्तो यो जिन्दगी।
 
(२)
भाग्य यस्तै होकी कर्मै खोटो होकी 
केही गर्ने नसक्ने निष्ठुरी समय छोटो होकी।
लगाई हिड्छन अग्ला-अग्ला हिल स्यान्डल
नेपाली पन गुन्यु चोली अनि, भोटो होकी।

(३)
सोंचे जस्तो हुन्न रैछ यो जिन्दगी 
दुख पर्दा सुखले कहिल्यै छुन्न रैछ यो जिन्दगी।
जिन्दगीको सारा खुसीहरू बगेर जाँदा आज 
यो दुखको पाटो कहिल्यै धुन्न रैछ यो जिन्दगी।

मुक्तक-३ 

(१)
धन कमाई सुखी बन्ने सपना मात्रै रह्यो आज 
परदेशमा बस्दा सधै गाउँको सम्झना मात्रै रह्यो आज।
उडेर जून छुन्छु भन्थे तर आज भुईंमै रही रहें
भावनामा डुबेर क्षितिजको कल्पनामा मात्रै रह्यो आज।

(२)
उराठ लाग्छ परदेशको यो बिरानो ठाउँ यो 
मान्छेले मान्छे लुट्दै हिड्ने कस्तो गाउँ यो।
बाँच्न पनी धिक्कार लाग्छ खै ! किन यो दुनियाँमा 
सपनाहरु सबै अधुरा कसरी बिष खाउ यो।

(३)
बाँचेर पनी यो जिन्दगी मरेतुल्य भयो 
तिर्ने सकिन कसैको महिमा कस्तो अमुल्य भयो।
दौडिएर गएँ दूरको क्षितिजलाई लक्ष्य ठानी 
माफ गरिदिनु के कती गल्ती भुलले भयो।

मुक्तक-४ 

(१)
मैले मन पराएँ एउटालाई 
तर, भन्न डराएँ एउटालाई।
आँशुको सागर्भित्र डुब्दा म 
तलबाट तराएं एउटालाई।

(२)
मेरो मन कस्तो छ अरुलाई के थाहा 
पानी बिना माछा जस्तो अरुलाई के थाहा।
सुख दुखमा साथ दिन्छु भन्ने हजार भए'नी 
जिबन मेरो एक्लो छ अरुलाई के थाहा।

(३)
तिमि बिना मेरो संसार शुन्य छ 
म बस्ने दिलको घर शुन्य छ।
गन्तब्य बोकी शिखर चुम्दैछु 
तर, सबै मायाँको सार शुन्य छ।

मुक्तक-५ 
      (१)
 

तिमीले छोडे देखी, नशामा रमाउँदैछु
कालले घेर्यो दिन दहाडै, दशामा रमाउँदैछु।
मर्न नी सकिन बाँच्न नी सकिन् एक्लै भै 
 मर्छु भन्दै म त, धागो धसामा रमाउँदैछु।
             (२)
 तिमीले मलाई छोड्नु , के बिवशता थियो र ?
बद्नाम गर्दा तिमीले, के शीष्टता थियो र ?
तिमीले पनि आफ्नै जिन्दगी जीएका थियौ 
आज आखीर ! म संग, के रीसता थियो र ?

              (३)
 एउटा ठान्थे नारी पुरुष तर, बेग्लै ठान्यौं
हात माग्यौ साथ दिएँ तर, एक्लै छाड्यौ।
एउटै छ भन्थे तिम्रो मन मेरो मुटु समथर 
बेसी छाड्यौ तिमीले घर, लेकमै बनायौ।



© नबराज बुढा 'नबिन उदासी'




0 comments

Write Down Your Responses

तपाइको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया दिन नभुल्नुहोस् । Please, drop Your Valuable Comment Here ..Or Direct Send us Email : nbnabinudasi@gmail.com