दुई मुक्तकहरु

ठूलो सपना सजाउँछु तिम्रै लागि।


दुःख गर्छु धन कमाउँछु तिम्रै लागी।
मनमा पीडा भएपनि म हाँस्छु सधै,
हाँस्दा खुसिले रमाउँछु तिम्रै लागि।

मुक्तक

अप्ठ्यारो बाटो भनी सोचिन्छ र कहाँ।

ठेस लाग्दैमा पाइला रोकिन्छ र कहाँ।

सबै आफ्नै सुखको स्वार्थमा मात्रै छन्,

पीडा नभए पानामा पोखिन्छ र कहाँ।

नवराज बुढा "नवीन उदासी"

nbnabinudasi (at) gmail dot com