गीत
नवराज बुढा ' नवीनउदासी'हरियाली जिन्दगीलाई सुकेको बगर भन्यौँ।
तिमिलाई माया गर्न खोज्दा पाखे मगर भन्यौ।।
मायाँमा सानो ठुलो हुदैन भन्थ्ये भेदभाव,
मैले जति तिम्रै नाममा सुम्पिएँ बैभाव।
कोसीस गरि हेरेँ तर पाउने आश नगर भन्यौँ,
तिमिलाई माया गर्न खोज्दा पाखे मगर भन्यौ।।
वियोगमा म तड्पीँदा भन्ने छैन कोहि कठै !
दु:ख पर्दा मेरो अतित जति संमिनेछौ सबै।
यो भाग्यमा मेरो तिम्रो हुने छैन तवर भन्यौँ,
तिमिलाई माया गर्न खोज्दा पाखे मगर भन्यौ।।
हरियाली जिन्दगीलाई सुकेको बगर भन्यौँ।
तिमिलाई माया गर्न खोज्दा पाखे मगर भन्यौ।।