सफलताको शिखरमा पाइला टेक्दै लोकदोहोरी गायक मोहन घर्ती......

नवराज बुढा "नवीन उदासी"
सीप र कला नहुने मान्छे कुनै हुँदैन। एउटा न एउटा सीप र कला सबै सङ्ग अवश्य पनि हुन्छ। फरक यति हो। कसैलाई गीत गाउँन आउँछ। कसैलाई गीत लेख्न आउँदैन। कसैलाई बजाउन आउँछ। कसैलाई नाँच्न आउँदैन। भनिन्छ मान्छेलाई कुनै पनि कला र सीप माथी बाट इस्वरले नै दिएर पठाएका हुन्छन्। सायद त्यही भएर  पनि हुन सक्छ। मोहन घर्ती मगर सङ्ग पनि एउटा कला छ त्यो हो गायन। यती मात्र होइन। उनी लोक दोहोरी गीतका शब्दहरुमा लय पनि भर्छन। उनले १४/१५ ओटा गीतमा लय पनि गरिसकेका छन्। र उनले हाल सम्म आफ्नो भोकल ८ ओटा गीतमा दिइसकेका छन। उनले भोकल दिएका गीतका नामहरु-
१.धेरै जाती छिन
२.यो जुनि रोयरै बित्ने भो
३.यो मुटुको कुनामा
४.घुम्न जाउ उदयपुर कतारी
५.तिम्रै बन्न मन छ
६.तिम्रो खुसिको लागि मेरो मृत्यु
७.भुल्छौ भने भुल
८.खाडी मुलुक साउदी अरब
आधा दर्जन भन्दा बढि लोकदोहोरी गीतमा आफ्नो स्वर दिइसकेका मोहनको गीतहरु नौला होलान् तर नाम भने नौलो होइन।  उनका यिनै लोकभाकाहरु विभिन्न सञ्चार माध्यमहरु र गाउँ घर उकाली ओरालि भञ्ज्याङ चौतारीहरुमा परिचीत र गुञ्जाएमान भइरहेका छन।
बिगत एक दशक लामो जनयुद्ध र विकासको क्षेत्रबाट पिछडिएको जिल्ला रोल्पाको बुढागाउँ ७ चक्री मा बुवा बिरबहादुर घर्ती र आमा पातली घर्तिको कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्मिएका मोहनले पछिल्लो समय आफ्नै मातृभुमी र जन्मभुमिको बारेमा "जाउ घुम्न उदयपुर कटारी" नामक एल्बम लिएर आएका छन्। यो बोलको गीत चर्चित लोकदोहोरी गायिका  मुना थापा मगर मानबहादुर मगरको लय र सन्तोष मगरको शब्द सृजनामा भर्खरै अङ्ग्रेजी नयाँ बर्ष २०१७ सङ्गै प्रियसि म्युजिक प्राली मार्फत बजारमा आइसकेको छ।
उक्त गीतमा रोल्पा बुढागाउँ देखि रोल्पा थबाङको केही अवस्था बारेमा समेटिएको छ। रोल्पा बुढागाउकै नाम लिएर गाउने लोक गायक मोहन दोस्रो हुन्। यो भन्दा पहिले बाग बिरही रानाले पनि बुढागाउकै गाउँ ठाउँको बारेमा समेटेर २०५७ / ५८ तिर आफ्नै स्वरमा बजारमा लिएका थिए। मोहनको यो गीतले पनि निकै चर्चा बटुल्ने सम्भावना देखिएको छ।
मोहन साङ्गितिक क्षेत्रमा लागेको धेरै भएको छैन। करिव ४/५ बर्षको अन्तराल भित्र यति धेरै गीतमा स्वर र लय गर्नु चानचुने कुरा पक्कै होइन। उनी भित्र स्वर पहिले नै थियो। तर मन भित्रै सिमित थियो। बाहिर आउन सकेको थिएन।
देशको बिग्रदो अवस्था र बेरोजगारको भुमरी भित्र अछुतो रहन नसकेर  मुग्लान पसेका मोहन जब उनि घर परिवार र साथिभाइ र सङ्गै जिउने प्रण गरेर भित्र्याएको जीवन सङ्गिनिबाट बिछोड भएर परदेशी हुादा नै उनको मन त्यि आफ्नाको माया अनि आफ्नो जन्मभुमिलाई छोडेर मुग्लानी हुदाको पिडाले नै उनी लुकेर बसेको गायन प्रतिभालाई बाहिर लिएका हुन। परदेशमा हुँदा ब्यस्त समयको बावजुटमा पनि ४/५ ओटा गीतमा आफ्नो स्वर दिन सफल भएका मोहन अहिले भने स्वदेशमै छन र साङ्गितिक क्षेत्रमा रहेर काम गरिरहेका छन। उनको यो साङ्गितिक यात्राले निरन्तर चर्चा र सफलताको खुड्किला खहरे भएर समुन्द्र भएर अघि बढोस् हार्दिक शुभकामना ।

,