समाज सेवि खिम ब. समानित

नवराज बुढा 

न्छेको सानो होस या ठूलो होस। सहयोग भनेको सहयोग हो। मान्छेको भित्री आत्माले चाह्यो भने समाजमा केही उन्नती र प्रगती चाहन्छ, र त्यो मान्छेले कुनै सामाजिक कार्यमा वा कुनै संघ संस्थामा सहयोगी भावनाको आस्था राख्छ। हो यस्तै क्रममा केही समय यता साउदी अरेबियामा ड्राइभिङ पेशा गरेर स्वदेश फर्किएका खिमबहादुर घर्तिमगर एउटा उदाहरणको पाटो बन्नुभएको छ। बुढागाउ ६ छेप निवासी युवा समाजसेवी खिमले श्री शिद्ध प्रावी बुढागाउ ७ रोल्पालाई ३५ बोरा सिमेन्ट सहित अन्य स्कुललाई चाहिने सामग्रीहरु गरेर करिव रु. ७२ हजार भन्दा बढीको सहयोग गर्नुभएको छ।

स्कुलको २१ बार्षिक उत्सवको अवसरमा उहालाइ दोसल्ला र कदर पत्र सहित स्कुलले विशेष सम्मान पनि गरेको छ। हो यस्तै बिदेसिएका युवा पुस्ताहरुले आफ्नो गाउँ ठाउँको अवस्था बारेमा गम्भीर बन्ने हो भने साच्ची यो समाजले काचुली फेर्ने थियो।