मेरा दुई मुक्तकहरु....
मुक्तक-१
जति सजाए दिए पनि हाँसी हाँसी स्विकार्छु।
तिमिलाई पाउन यो जिवन नै दासी स्विकार्छु।
तिम्रो प्यार नपाएरै अतृप्त बनेको छु सधैभरी,
जे जे भन सहन्छु मायाको प्यासी स्विकार्छु।
मुक्तक-२
भन्छन होला साथीभाई कमाउन गएको छ।
मलाई मात्रै थाहा छ मनमा के के भएको छ।
न समयमै खान पाइन्छ न त सुत्न नै पाइन्छ,
मर्नु बाच्नु दोशाधमा जिन्दगी यस्तै रहेको छ।
•नवराज बुढा "नवीन उदासी"
©www.blog.navarajbudha.com.np
0 comments
Write Down Your Responses
तपाइको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया दिन नभुल्नुहोस् । Please, drop Your Valuable Comment Here ..Or Direct Send us Email : nbnabinudasi@gmail.com