जति जान्छु...

गीत~जता जान्छु.......

जता जान्छु तिम्रै छायाले पछ्याई रहन्छ।
भुल्न खोज्छु झन यादले सताई रहन्छ।

कतै मलाई तिमिले मोहनी पो लगायौ कि ?
जादु मन्त्र गरेर सताइरहने याद पठायौकी?
यादले पानी बिना माछाझै छट्पताई रहन्छ।
भुल्न खोज्छु झन यादले सताई रहन्छ।

कस्ति छ्यौ तिमी न त मैले देखेको छु।
तिम्रो नाम मेरो नाम यै मुटुमा लेखेको छु।
सधै मलाई तिम्रो यादले झस्काई रहन्छ।
भुल्न खोज्छु झन यादले सताई रहन्छ।

आखामा तिम्रै मात्र झलझली आउछ चित्र।
हाम्रो  नाता माया होकि हो एक असल मित्र।
तिम्रो यादले अचेल झन पलपल तड्पाउछ।
भुल्न खोज्छु झन यादले सताई रहन्छ।

जता जान्छु तिम्रै छायाले पछ्याई रहन्छ।
भुल्न खोज्छु झन यादले सताई रहन्छ।

~ नवराज बुढा 'नवीन उदासी'
रोल्पा, २०७४/०१/१६