तिम्रो यादले सताउँछ....


गजल
तिम्रो यादले सताउँछ रातैभरी।
निदाउनु कसरी हुन्छ्यौ यादैभरी।

कहाँ बाट आउछ्यौ कुन्नी तिमी,
थाहा पाए जाल थाप्थे बाटैभरी।

पागलै हुन्छु जस्तो लाग्छ मलाई,
छतपतिदै बित्छ रात खाटैभरी।

गुञ्जयमान छन आगमनका धुन,,
बोल्छन मौनता अनि चुरा हातैभरी।

छिन छिनमा होइन आउ सधैलाई,
दिउँला खुसी जिवनको साथैभरी।

©नवराज बुढा "नवीन उदासी"