मर्नेहरु त....

गजल 

मर्नेहरु त सधैलाई, मरेर जान्छन।
खै ! कसरी के के, गरेर जान्छन।
बिर्सुं भन्दा याद आउँछ मनैभरी,
छरपस्ट  सम्झना, छरेर जान्छन।
सुखै सुख होला सायद त्यो ठाउँ,
दुःखको खोलिहरु, तरेर जान्छन।
फुल्नु त पर्थ्यो फर्केपछी कोपिला,
किन खै  ! नफुल्दै, झरेर जान्छन।
रुँदै या त हाँस्दै जान्छन जानेहरु,
सबैको गहमा आँसु,भरेर जान्छन।

            नवीन उदासी
©navarajbudha.com.np