मोबाइल बाट फेसबुक खोलेर कसरी इमेलमा चेञ्ज गरेर दिगो रुपमा फेसबुक चलाउने....

-नवराज बुढा "नवीन उदासी"

पहिले पहिले मोबाइल बाट फेसबुक आइडी बनाउन  मोबाईल बाट अलि मिल्दैन थियो। यदि फेसबुक एकाउन्ट बनाउनु पर्यो भने कि त साइबर कि त ल्यापटप बाट बनाउन अलि सजिलो हुन्थ्यो। तर  अहिले ल्यापटप र मोबाइल सबै बाट पनि सजिल्यै सङ्ग मिल्छ। यो सुबिधा फेसबुक टिमहरुले अझ सहज बाटो बनाई दिएका छन। जसले गर्दा अझ धेरै फेसबुक प्रयोगकर्ताहरुको वृद्धि हुन सजिलो बनाएको छ। फेसबुक अन्य सामाजिक सञ्जालहरु मध्य विश्वमा धेरैले प्रयोग गर्ने सञ्जाल मध्यमा एक नम्बरमा पर्छ। हाम्रो नेपालमा पनि नेपाली प्राबिधिक बैज्ञानिकहरुले मेरो पोस्ट  www.meropost.com र सगून www.sagoon.com जस्ता सञ्जालहरु बनाएका छन्। यी सबै सामाजिक सञ्जालको एकाउन्ट बनाउन पहिले इमेल आइडि हुनैपर्छ। तर आज म फेसबुक प्रयोगकर्ताहरुका लागि छोटो लेख लेख्दै छु।

हामिले मोबाइल बाट फेसबुक त खोल्छौ। तर भेरिफाई गर्दैनौ। त्यहि भेरिफाई नगर्दा नै धेरैको फेसबुक एकाउन्ट बन्द भएको हामी माझ प्रष्ट छ। त्यसैले सजिल्यै सङ्ग फेसबुक एकाउन्ट बनाउन सकिने सुबिधाले प्राय सबैले मोबाइल बाट नै फेसबुक एकाउन्ट बनाएर चलाउने गरेका छन्। फोन बाट फेसबुक बनाएर चलाउन पनि सकिन्छ। तर एउटा फोन बाट फेसबुक आइडी बनाएर तपाइले चलाएको एकाउन्ट इमेल भेरिफिकेसन छैन भने तपाइको फेसबुक एकाउन्टको प्रयोग दीर्घकालीन हुने छैन। र अर्को मोबाईलमा लगइन गर्न सकिने छैन। म सङ्ग धेरै साथिहरुले यो समस्या समाधानको लागि सहयोग मागेका र अब माग्ने साथीहरूको लागि  आज म यसै बारेमा केही कुरा लेख्न गइरहेको छु।

तपाइले सधै उपयोगिता र भरपर्दो फेसबुक आइडी बनाउनको लागि सबभन्दा पहिले इमेल आइडी बनाउनु पर्ने हुन्छ। पक्कै पनि इमेल के हो भन्ने बारेमा तपाइलाई थाहा नै छ। यदि नबुझेको कुरा र जिज्ञासा् लागेको कुरा छ भने तल कमेन्ट बक्समा कि मेलमा लेख्न सक्नुहुनेछ। म २४/७ नै उपस्थित हुनेछु। हामिले फोन बाट बनाएको फेसबुक नेपाल बाट बनाएर बिदेशमा गएर खोल्न अथवा बिदेशमा बनाएर नेपालमा गएर खोल्न लगइन गर्न खोज्यौ भने कुनै न कुनै सेक्युरिटी भेरिफाई अप्सन मागेकै हुन्छ। त्यो बेला हामी सङ्ग त्यो नम्बर हुदैन। त्यही भएर हाम्रो फेसबुक एकाउन्ट बन्द हुनुको मुख्य कारण कि त पासवर्ड भुल्नु कि त फेसबुक खोलेको नम्बर नहुनु हो। तयसैले फेसबुक खोल्दा पहिले इमेल आइडी बनाएर मात्रै खोल्न आवश्यक हुन्छ। मेलबाट खोलेको फेसबुक संसारको जुनसुकै कुनामा गएर लगइन हुनेछ।

हामिले पहिले नम्बर बाट फेसबुक खोले पनि पछि Privacy Setting मा गएर इमेल आइडी बनाएर चेञ्ज  गर्न सक्छौं।
इमेल बनाउनको लागि www.mail.google.com यो जिमेल आइडी बनाउनु भयो भने सबै कुराको सुबिधा छ। तपाइले च्याट देखि लिएर अडियो कल पनि गर्न सक्नुहुनेछ। त्यसै गरेर www.mail.com बाट बनाउनु भयो भने वेब मेल यसमा आफुले चाहेको डोमेन मेल बनाउन सकिनेछ। अरु पनि धेरै छन। www.hotmail.com / www.yahoo.com तर यी मध्यमा सबै भन्दा राम्रो र उचित Gmail नै छ। मोबाइल ब्राउजरमा पनि सजिल्यै इमेल चेक गर्न र पठाउन सजिलो पनि छ।

यो त भयो इमेल बारेमा जानकारी अब फेसबुक एकाउन्ट बनाउनको लागी www.facebook.com मा गएर एकाउन्ट एप्लिकेसन फोर्म भर्नुस। नाम ठेगना, जन्ममिती आदि सबै वास्तविक नागरिकतामा अथवा पासपोर्टमा भएको राख्नु भयो भने पछि कुनै बेला एकाउन्ट बन्द भयो भने त्यि बायोडाटा र इमेलले रेकभरी गर्न सजिलो हुन्छ। अब www.facebook.com ले मागे अनुसार भर्दै जानू भयो भने तपाइको फेसबुक एकाउन्ट तयार हुन्छ। अब तपाइको फेसबुक एकाउन्ट खोलिसकेपछी तपाइले पहिले बनाएको इमेल आइडी र पासवर्ड हालेर लगगिन गरेर इमेल चेक गर्नुहोस्। त्यहाँ फेसबुक एकाउन्ट भेरिफिकेसन मेल आएको हुन्छ। त्यहाँ एउटा कोड पनि हुन्छ। त्यो कोड लगेर उक्त लिङ्कमा क्लिक गरेर त्यो कोड हाल्नुहोस। अब तपाइको फेसबुक एकाउन्ट एक्टिभ हुन्छ। फेसबुक एकाउन्टको युजर मेल र पासवर्ड कहिल्यै नबिर्सनिहोस। कि कण्ठ गर्नुस कि त डायरी मा लेखेर राख्नु भयो भने तपाइको फेसबुक आजिवन प्रयोगमा  रहिरहनेछ। धन्यवाद ।

इमेल: nbnabinudasi@gmail.com
© www.tech.blog.navarajbudha.com
www.blog.navarajbudha.com.np


,