उस्तै छ मेरो जीवन फेरिएन

गजल
-नवराज बुढा "नवीन उदासी"

उस्तै छ मेरो जीवन फेरिएन।
सधै नै दु:खी यो मन फेरिएन।

भिजाउछ, सुकाउछ कहिले,
यो धर्ती र यो गगन फेरिएन।

बिरह गाउन छोडेन कोइलिले,
सुनसान त्यो रानीबन फेरिएन।

धनकै पछि लागेर मुग्लानमा,
मुनाको प्यारो मदन फेरिएन।

सबै स्वार्थी संसारै छ स्वार्थी,
मनैबाट कसैको पन फेरिएन।