किन अतीत......

💔गीत💌

किन अतीत सम्झी-सम्झी मन रुन्छ।
सबैलाई होकि मलाई मात्रै यस्तो हुन्छ।

बिर्सु भन्छु अाँखाभरी तस्विर छाउछ।
यादलले छाती पोल्छ यो मन दुखाउछ।
यो माया बिना बाच्ने मान्छे यहाँ कुन छ ?
सबैलाई होकि मलाई मात्रै यस्तो हुन्छ।

परेलिको दिल भत्किन्छझै लाग्छ तब।
लाग्छ मलाई बियोगले नै मर्छुकि अब।
निर्मोहिलाई सम्झिने खास कस्तो गुन छ।
सबैलाई होकि मलाई मात्रै यस्तो हुन्छ।

किन अतीत सम्झी-सम्झी मन रुन्छ।
सबैलाई होकि मलाई मात्रै यस्तो हुन्छ।

© www.blog.navarajbudha.com.np