सम्झनाको पोको


पाँच हाइकु

16th November 2011   ·   0 Comments नबराज बुढा ‘नबिन उदासी’
१.
दुई दिनको जिबन
यात्रा मात्र
कति लामो।
२.
सम्झनाको पोको
अधुरै रह्यो
उनले भुलेर ।
३.
मिलन र बिछोड
समय अनुकुल
आधुनिक युग।
४.
मान्छेले मान्छे
चिन्न गार्हो भो
अचेलको फेशनबेल।।
५.
दु:ख र सुख
भइनै रहन्छ
जिबन संर्घर्षमा।