स्वतन्त्र भै बाँच्न, दिएर आउ नयाँ बर्ष

स्वतन्त्र  भै  बाँच्न, दिएर  आउ नयाँ बर्ष
शान्ति र संबिधान, लिएर आउ नयन बर्ष|

कयौं नेपालीको मन फातेकोछ धुजा  हुँदै 
सम्हाली मन सबै, सिएर  आउ नयाँ बर्ष|

कती मरे बर्षौं भरी कालको  घडीमा पर्दै
अब अमृत सबै ,  पिएर आउ  नयाँ  बर्ष|

नेपालीको घर दैलो  स्वागतछ तिम्लाई 
सधै सुखी जिबन, जिएर आउ  नयाँ बर्ष|

अन्धकारले उत्तरार्धमा धकेल्दा देशलाई 
जूनकिरी  झैं  चह-किएर  आउ नयाँ बर्ष||

© नबराज बुढा 'नबिन उदासी' - All Rights Reserved
· · · Share · Delete