दोहोरी गजल

नवराज बुढा 'नवीन उदासी'यो मेरो मन आज तिम्रो मनमा छ
यो जिबन सारा तिम्रो जिबनमा छ। नबराज 

न लाग लुकी छिपी तिमि मेरो पछी
फसाउन नखोज अल्लारे पनमा छ। केटि

धरोधर्म  साँचो मायाँ गर्छु तिमिलाई 
सबै मेरो नैतिक शिष्ट सज्जनमा छ। नबराज 

आँखाले देखेकी छैन बुझेकी मात्र छु
थाहा पाएँ तिम्रो  मन प्रलोभनमा छ। केटी 

कसरी भनौ धेरै मायाँ गर्छु भनेर म  
एकोहोरो मायाँ रक्त स्पन्दनमा छ। नबराज

तिमि त भुल्छौ पक्कै अरु पाए पछ
यो मनको सम्झना रात दिनमा छ।केटी

मनको दैलो सानै छ नभन्नु हजुर 
हाम्रेा मायाँ त्यो उच्च गगनमा छ। केटी

रमाउनु तिमि सधैं जुनको  साँझैमा
आज मेरो मन औंसीको सुनसान छ। नबराज 

पर्खिएर बस्छु म'नी हेर्दै तिम्रो बाटो
हेर्दै मुलबाटो मेरो मन त्यै पनमा छ। केटी