कविता

कविता-आमा 
-नवराज बुढा 'नवीन उदासी' 



जन्म दियौ, प्राण दियौ आमा|
आफुले नखाएरै गास दियौ आमा|
आफु झरीमा रुझेर बास
दियौ आमा/
यसरी नै हुर्किएँ, यसरी बढें|
तोते बोलि संगै जब ताते गर्दै म हिड्न
थालें न्यानो काख छोडेर/

आमा आत्तिनु हुन्थ्यो र
भन्नु हुन्थ्यो/ छोरा कहाँ गयौ ?
म केहि सुन्दैन थिएँ
म केहि बुझ्दैन थिएँ|
किनकि मेरो मस्तिष्क
कोमल थियो, अबोध थियो
एउटा नाबालक झैं|

परिवार संग जब म घुलमिल
गर्न थालें, साथीभाईहरु संग जब म
रम्न थालें, र समाज संग पनि
घुलमिल हुन् थालें|
तब सबै भुल्दै गए
मेरा अतितहरु सबै...
आज सम्झनामा आउँछन्
घरि-घरी सताउँछन् मेरा त्यी
बालापनहरुले.....

आमा.. ! दुःख थियो परिवारमा
पिडा थियो परिवारमा..
त्यसैले म धनको पछी लागि
परदेशी भएँ| भन्नु हुन्छ-
गाउँ सबै भुलीस छोरा.... तर
म निष्ठुरी छैन, मेरो मन कठोर छैन|
समय र परिस्थितिले दास बनाउंदा
मात्रै समय नमिलेर..
सम्झिन मात्रै पा'को छैन|

आजभोली अलिकति पनि खुसी छैन रे
खुसी त्यो परिवारमा, आज भोलि
परिवार सबैका मनहरु उदास छन् रे|
कहाँ बाट आयो त्यो निर्दयी दैब...
र उठाएर लग्यो खुसी सारा/
त्यो दिन कति शोक थिएँ..
अझै पनि छु र सदा त्यहि शोकमा
हुनेछु म.......

चौतारीको पात झरेको
लाकुरीझैं उजाड छ मेरी आमाको
मन, त्यसैले फंग खुसी उदे पछी
आज उजाडिएको छ आमाको मन...!

आज खै ! किन भुलें आमाको त्यो
न्यानो काख आज सम्झिएँ,
आज कल्पिएं, फेरी सम्झिएँ
आमाको त्यो काखमा सानोमा दुःख
दिदै रोएको...
आखिर ! आमाको जात महिमा गाए पनि
म दुधको भारा तिर्न सकिरहेको छैन|
आज सम्झिएर भकानिन्छु आफै संग......

0 comments

Write Down Your Responses

तपाइको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया दिन नभुल्नुहोस् । Please, drop Your Valuable Comment Here ..Or Direct Send us Email : nbnabinudasi@gmail.com