कविता

नवराज बुढा 'नवीन उदासी'-नबराज बुढा 'नबिन उदासी' 

कसम तिमीलाई यही 
आँखामा सजाउछु 
लजाई यो मनले 
हो यहि आँखामा सजाउछु।

डुबेर तिम्रो भावनामा 
म कतै नभेटिंदा
खोजेर तिमीलाई 
एक्लो संसारमा हराउछु।
साट्न मन लाग्छ तिमि संग
मनका कुरा, 
तर, तिम्रो नमिठो 
बचन देखि दराउछु।
साथ् दिने थोरै 
घाट दिने धेरै छन्।
आज कसैले नरित्तिने
आँखाभरी आँशु दिएर गए पनि, 
कसम तिमीलाई म मन पराउछु।
पल-प्रतिपल तिमि संग 
त्यै मिठो बातमा हुन्छु
मनका कुरा नसाटेर तिमि संग 
तर, खै ! किन ? बेहोसिमै 
कता-कता म एक्लै हराउछु।
तिमीले दिएको सुमधुर यादमा 
घाउ लाग्यो, मन र 
मुटु दुखेर म कराएँ 
तर, दुख्दै जाँदा म झनै 
कराउछु।
जिन्दगि यस्तै रहेछ,
मिलन,बिछोड भैरहने 
समयको यो घडीमा 
तिम्रै स्मृतिमा आज 
यो मन रुवाउछु।
हो आज बिरानो
यो परदेशमा एक्लै तड्पिएर 
मरुभूमि हुँदा, 
आज यो 'उदासी' मन 
खडेरी भयो।
जिन्दगी यो.. जिन्दगीले....
उदास मेरो मन तिम्रो 
खुशीमा, पल-प्रतिपल तिम्रै त्यो 
स्मृतिमा म एक्लै हराउछु।
हो म एक्लै हराउछु।
अनि, फेरी म एक्लै रमाउछु।

खै! आज किन ?
तिमि बाट मलाई 
परदेशी हुन् बिबस बनायो..
यो निष्ठुरी समयले.. yi समय परिस्थितिले।

जसो तसो भुल्न खोज्छु
आफन्त, अनि, तिम्रै यादमा
यो मुटु भक्कानिएर आउछ 
हो म घाइते मुटु बनाउछु।
बश्रौं भयो तिमि संग 
खेल खेलेर रमाएको 
आज त्यहि क्षेणले मलाई 
सताई रहेकोछ हो त्यहि क्षेणले।
आज त्यै मन सम्झी 
यो मन झस्काउछु।
मेरो हृदयभरी तिमि नै तिमि छौ 
तिमीलाई यो मुटुमा संगै तँसाएर
अताउछु।
शुन्य मरुभुमी भयो आज 
पलाएन बहार 
तिमि संग केबल,
यो मन संगै म पनि 
पलुवाको बहर बनेर केवल तिम्रो
लागी भए पनि पलाउछु , 
यो मन सबै डडेलोले खाई सक्यो।।
र त यो जिबन अनायासै 
त्यसै खडेरी परेर जाँदैछ 
बाँकि ज्यूँदो यो शरीर मात्र
तिमीलाई भनेर बचाउछु।
हो तिमीलाई भनेर बचाउँछु..
तिम्रो त्यो साथ् पाउँछु 
भनेर म यो परदेशमा 
तिमीलाई सम्झी दिन बिताउछु।
.... हो तिम्रो साथ् पाएर....।
अनि, तिमि संग मनका कुरा पोख्छु 
भनि एक-भित्र अन्यक बहाना बनाउछु।
तिम्रो साथ् पाएँ भने 
काँडा होईन फुल संगै रमाउँछु।
फुल संगै रमाउँछु हो म फुल संगै...
भेट हुन मन लाग्छ तिमी सँग,
तर, न कसैको साथ छ, न कसैको
 सुकोमल हात छ..
केवल अप्रत्यक्ष भए पनि 
म तिमि संग लजाउँछु।
हो तिमीलाई आफ्नो बनाउन भनी
तिमीलाई पाउने आशमा 
कुनै छुट्टै कल्पनाको नौलो संसारमा 
म एक्लै हराउँछु।
अनि, म भन्ने गर्छु आफुले 
आफु संगै खै ! तिमीलाई 
मैले एकोहोरो चाहेर'नी के होला र ??
यहि भन्दै धिक्कार्छु यो मेरो 
जिबनलाई....
अनि, आफ्नो खोटी कर्म र 
आफ्नो यो पुर्पुरो समाउँछु।
हजारौंको भिडमा पनि तिमीलाई नै 
मैले एकोहोरो चाहेर रोजी रहेको हुन्छु....
तिमीलाई आफ्नो भनि खोजि हात 
हो म तिम्रै हात समाउँछु।
हो तिम्रो त्यै सुकोमल हात...!
तिमीलाई भनौ म कसरी यो मनको 
दर्द ? अनि, लेखेर पत्र हो तिमीलाई नै सुनाउने कोसिस गर्दैछु।
हो म तिमीलाई यहि आँखामा सजाउँछु।
हो त्यो तिम्रो चोखो मायाँलाई सजाउँछु।

0 comments

Write Down Your Responses

तपाइको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया दिन नभुल्नुहोस् । Please, drop Your Valuable Comment Here ..Or Direct Send us Email : nbnabinudasi@gmail.com