जीवन जिउन गाह्रो भो...

थेगो - जीवन जिउन गाह्रो भयो।
         दुखी मनलाई सधै दुखी,
          बुझाउन साह्रो भयो।

गीत:
हिडेर है म कहाँ पुग्छु।
दुखी मन बोकेर म थाक्छु।

चौतारीको छहारीमा थकित भएर बस्छु।
भोको पेटलाई पटुकिले कस्छु।

समुन्दै रोकिएको डुङ्गा भए आज।
काडा बिचको ठुङ्गा भए आज।

मनमा छायन क्यैले उमङ्ग र हर्षले।
जहाँ छु त्यै हुन्छु हिडेपनी संघर्षले।

म हिड्ने बाटोमा काडै काडा छ।
गन्तव्य मेरो अझ धेरै टाढा छ।

संघर्ष होकि यात्रा हो जीवन।
हासोको आँसु हो रोदन।

© नवराज बुढा "नवीन उदासी"
रचना मिति : २०७४/०३/१४

नोट : रफमा छ।