कृती समिक्षा



गजलकार भगवती बस्नेत

- ललिजन रावल

गजलको उठान प्रेम-प्रणय र शृङ्गारको भावभूमिमा भएको हो भन्ने कुरामा कुनै विवाद छैन । तर समाजको विकासक्रमसँगै यस हार्दिक, संक्षिप्त र कोमल विधाले युगबोध, आम मानिसका सुख-दुख र सामाजिक परिवर्तनहरूलार्इर्र्आत्मसात गर्दै गयो । त्यसैको फलस्वरूप गजल राजा महाराजाहरूका दरबार र तवायफहरूका कोठीहरूबाट मुक्त भएर जनजनका हृदय र मस्तिष्कमा बस्न पुगेको छ । यस तथ्यप्रति आँखा चिम्लिदै अझै पनि गजललार्इर्र्अर्धसभ्य काव्य रूप, सामन्ती समाजको अङ्ग र केवल आत्मीयताको चमत्कार मात्र हो भन्नेहरूको कमी छैन् । उर्दू, हिन्दीमा मात्र होइन नेपाली भाषामा पनि आफ्नो र्सार्थक यात्राका
क्रममा विभिन्न बान्कीहरूसँगै व्यापक सामाजिकीकरण र साँस्कृतिकीकरणसहित गजल स्थापित भइसकेको छ । यसै कुराको प्रमाणको रूपमा गजलकार भगवती बस्नेतको प्रस्तुत गजलकृति 'रहर भो जिन्दगी' लार्इर्र्लिन सकिन्छ ।
भगवती बस्नेत नेपाली गजलमा एक नयाँ नाम हो । तर भगवतीका गजलहरू पढ्दा उनका प्रशस्त प्रौढता झल्किन्छ । यो प्रौढता विषयको चयनदेखि लिएर संरचनाप्रतिको सजगता र सचेततासम्ममा देखा पर्छ । गजलका बारेमा चर्चा हुँदा सधैँ दुइ कुरा उठने गर्छन्, पहिलो हो- गजलमा भाव पक्ष बलियो हुनुपर्छ र यसको संरचना वा रूप गौण हो, त्यसैले संरचना नमिले पनि हुन्छ र दोस्रो कुरा हो- गजलको व्याकरण वा संरचना प्राथमिक कुरा हो त्यसैले भाव पक्ष गौण हो । तर हामीले बुझ्नुपर्ने मूल कुरा के हो भने भाव जतिसुकै उत्कृष्ट वा शाश्वत भए पनि
गजल संरचनाभित्र आवद्ध छैन भने त्यो रचना अरू कुनै विधा होला तर गजल हुन सक्दैन । अर्को कुरा रदिफ-काफिया र लयसहित गजलको सम्पर्ूण्ा संरचनात्मक पद्धतिको निर्वाह त भएको छ तर त्यसमा मन-मस्तिष्कलार्इर्र्छुनसक्ने भावको चमत्कार छैन भने रूप मात्र मिलेको त्यस गजलको पनि कुनै अर्थ हुन्न । त्यसैले गहिरो भाव वा विषय सम्पर्ूण्ा सौर्न्दर्यसहित गजलमय भएर अभिव्यक्त हुनु जरुरी छ । यस अर्थमा गजलकार भगवती बस्नेतको गजलकारिता यस कुरातर्फगम्भीरतापर्ूवक उन्मुख छ ।
मानिस जीवन-मृत्यु, सुख-दुख र आशा-निराशाको वृत्तभित्र सधैँँ घुमिरहन्छ । र सधै सङ्र्घष्ा चलिरहन्छ जीवन मृत्युबीच, सुख-दुखका बीच र आशा निराशाका बीच । मानिस दुखहरूसँग लड्दै सामाजिक सुख वा न्याय प्राप्तिका निम्ति क्रियाशील रहन्छ, निराशाहरूलार्इर्र्टेक्दै आशालार्इर्र्जगाइरन्छ र कर्म तथा सिर्जनाद्वारा उसले मृत्युलार्इर्र्पनि जित्छ र अमर बन्छ । यी र यस्तै-यस्तै भाव र सर्न्दर्भहरू प्रत्येक स्रष्टाका सिर्जनामा बारम्बार फरकपन र मौलिकताका साथ अभिव्यक्त हुने गर्छन् ।
गजलकार भगवती बस्नेतका गजलहरूको अध्ययन गर्दा उनका गजलमा विविध विषय र भावको अभिव्यक्ति भएको पाइन्छ, जसले गर्दा उनका गजलहरू विषयगत एकरसताको दोषबाट मुक्त छन् । शिल्प-शैलीका दृष्टिकोणले पनि उनका गजलहरूले विविध बान्कीहरू प्रस्तुत गरेका छन् र विविध लयहरूलार्इर्र्आत्मसाथ गरेका छन् । नेपाली गजलमा सबैभन्दा लोकप्रिय लयको रूपमा चौध अक्षरी र सोह्र अक्षरी लयविधान बहुप्रचलित छ । यी लयहरूको प्रयोगका साथै गजलकार भगवतीले आठ अक्षरी -४+४), एघार अक्षरी -४+२+३+२), बाह्र अक्षरी -३+३+३+३) र तेह्र अक्षरी -४+४+२+३) जस्ता लयविधानहरूको प्रयोग गरेकी छिन् । जस्तै ः
जानी जानी रुन्छ मान्छे
अनि एक्लै हुन्छ मान्छे
-आठ अक्षरी)
अजम्बरी माया छुर्टाई आएँ
मनभरि व्यथा लुकाई आएँ
-एघार अक्षरी)
रुझेको परेली तरेर जानुभो
मनमा तिर्सना भरेर जानुभो
-बाह्र अक्षरी)
परदेश टेकेपछि गाउँ सम्भिmएँ
तिमीलार्इर्र्भेटेपछि गाउँ सम्भिmएँ
-तेह्र अक्षरी)
यसरी लयमा विविधता दिन खोज्दै नयाँ लयहरूको खोजी गर्ने कोसिस गजलकार बस्नेतले गरेको देखिन्छ । गजलका आधारभूत संरचनात्मक तत्वहरूतिर विशेष दृष्टि पुर्‍याउन उनले गरेको प्रयासको पनि प्रशंसा गर्नैपर्छ । तर गजल विधाको कोमलता, संक्षिप्तता र हार्दिकतालार्इर्र्शुक्ष्मरूपमा ग्रहण गरेर यस विधाको विशिष्ट सौर्न्दर्यलार्इर्र्मुखर गर्नतिर हरेक गजलस्रष्टाले निरन्तर प्रयासरत रहुनपर्छ । किनकि सौर्न्दर्यको कुनै सीमा हुँदैन, सौर्न्दर्यका नयाँ-नयाँ क्षितिजहरूको उद्घाटनतिर उन्मुख हुनर्ुपर्छ ।
गजलकार बस्नेतका गजलहरूले जीवनका सबै पाटाहरू र समाजका विविधताहरूलार्इर् र्र्स्पर्श गरेका छन् । हरेक स्रष्टाले जिन्दगीलार्इर्र्आ-आफ्नै दृष्टिकोणले अभिव्यक्त गरेका छन् । गजलकार भगवतीका गजलहरूमार्फ जिन्दगी यसरी फरक-फरक रङ्गमा व्यक्त भएको छ ।
सधै भरि आफ्नो वशमा नहुने यो घामपानी
सुखदुःख जेलिएको अनौठो छ जिन्दगानी ।

जित्न खोज्दा खोज्दै पनि हारेको जिन्दगी
दुःख दर्द वेदनाले बारेको जिन्दगी ।

जिन्दगीमा सुख दुःख कैले वारि कैले पारि
कैले पुग्ने होला हामी गन्तव्यको हाराहारी ।

गजलकार भगवती स्वयम् परदेशमा भएकोले होला उनका केही गजलमा परदेशिनुको पीडा र आफ्नो मातृभूमि र गाउँ-ठाउँप्रतिको प्रेम र सम्झना जीवन्तरुपमा अभिव्यक्त भएको छ -
परदेशमा बिझाएको कहर यो जिन्दगी
सुख खोज्दै भौतारिने रहर भो जिन्दगी ।

परदेश टेकेपछि गाउँ सम्भिmएँ
तिमीलार्इर्र्भेटेपछि गाउँ सम्भिmएँ ।

परदेशमा घर सम्झेर रुँदा
सोच्दै छु म शिर झुकाई आएँ ।

यसका साथै परदेशबाट आफ्नो राष्ट्र र संस्कार-संस्कृत्रि्रतिको अगाध आस्था उनका गजलमा यसरी पोखिएको छ-
राष्ट्रियता, राष्ट्रभूमि सधै प्यारो मेरो निम्ति
जहाँ छु म मातृभूमि सम्भिmएर बाँचेकी छु ।

सकारात्मक परम्परा मनभरि साँचेकी छु
विछोडको चोट भुली सिर्जनामा हाँसेकी छु ।

सप्तरङ्गी रङ्ग बोकी आयो पर्व होली हाम्रो
माया प्रेम सद्भावको बनाउँ एकै टोली हाम्रो ।

समाजलार्इर्र्नियाल्ने क्रममा गजलकारका आँखा ती ममतामयी आमाहरूमाथि पर्दछन, जसले आफ्ना सन्तानहरूको सुखको निम्ति आफ्नो सुख बलिदान गरेकी हुन्छिन् र यस्तो शेर जन्मिन्छः
सन्ततिको सुख देख्न आफ्नो सुख हर्छिन् आमा
दुःख दर्द ममताको आँचलले भर्छिन् आमा ।

यसका साथै नारी-मुक्ति आन्दोलनमा आफूलार्इर्र्सिर्जनामार्फ् समाहित गर्दै गजलकार यस्तो भावना पोख्छिन ः
रूढिवादी पिँजडामा लुक्नुहुन्न अब नारी
पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी ।

सभ्यता र सरलताको खोल ओडेको आजको समाजको जाली र स्वार्थी मानिस र उसको नियतको चित्रण यस गजलकृतिमा यसरी भएको छ ः
हर्ेदा सभ्य सरल तर भित्र खाली हुन्छ मान्छे
जति जति सोझो ठान्यो उति जाली हुन्छ मान्छे ।

आफ्नो स्वार्थ पूरा गर्न
जालै जाल बुन्छ मान्छे ।

एउटा गल्ति छुपाउन लाखौँ गल्ती गर्छ मान्छे
खन्छ खाल्डो र्व्यर्थ आफै भुमरीमा पर्छ मान्छे ।

स्वाभिमानको रक्षा, कर्ममा विश्वास र उन्मुक्तिको चाहना जस्ता कुराहरूमा गजलकारको सचेत मस्तिष्कले सोच्न यसरी भ्याएको छ ः
झुण्डिएर मर्छरु झुक्नुपर्छ भने
स्वाभिमान गुमाएर चुक्नुपर्छ भने ।

जेलिएको हुन्छ भाग्य पौरखले गोड्नुपर्छ
सङ्र्घष्ाका पहाडहरू साहसले फोड्नुपर्छ ।

झरिपछिको आकाश झैँ खुलेर बाँच्न सकुँ म
अनगिन्ती काँडाबीच फुलेर बाँच्न सकुँ म ।

यसरी एक चेतनशील स्रष्टाले आफ्ना गजलहरूमार्फ् आफूले भोगेको समय र समाजको विविध अभिव्यक्ति दिएकी छिन् । मानव मनभित्र प्रेम र प्रणयका भावहरू उठ्नु पनि त्यत्तिकै स्वाभाविक कुरा हो । तर प्रेमको नाममा अश्लिल र नग्नता पर््रदर्शन गर्नु भने गजलीय मर्यादा होइन । प्रेमलार्इर्र्श्लील र शिष्टतापर्ूवक अभिव्यक्त गर्दा त्यसले प्रत्येक हृदयमा चोखो प्रेमिल भावको सञ्चार गरिदिन्छ । गजलकार भगवती बस्नेतका प्रेमाभिव्यक्तिमा यस्तै पवित्र प्रेम र र्समर्पण भाव झल्किन्छ ः
त्रि्रो माया पाएँ भने संसार त्यही मेरो लागि
बसन्तको हरियाली बहार त्यही मेरो लागि ।

अँधेरीमा कर्ुर्दैछु म जूनसँगै आउँछौ भन्दै
म त त्रि्रो छाया न हुँ चोखो माया लाउनु सधैँ ।

अति याद आउँछ त्रि्रो नदेखेको धेरै भयो
लजालु त्यो मुहार त्रि्रो नहेरेको धेरै भयो ।

मायामा सधैँ सफलता प्राप्त हुँदैन । मिलनसँगै विछोड, संयोगसँगै वियोग र विश्वाससँगै धोका पनि हुने गर्छ । यस्ता क्षणहरूबाट आहत भएकाहरूको भावना गजलकार बस्नेतले यसरी मुखर गरेकी छिन
झुटो रैछ पिरती यो नलाएकै जाती
दुःखी पार्ने याद त्रि्रो नआएकै जाती ।

सक्छौ भने फिर्ता देऊ अतीतका पलहरू
धेरै गर्‍यौ जिन्दगीमा नमीठा ती छलहरू ।

भगवती बस्नेतका गजलहरूमा यसरी वैयक्तिक प्रेम र विछोडका भावहरूको अभिव्यक्ति त भएको छ नै ! तर उनले वैयक्तिकतालार्र्र्सामाजिकतामा रूपान्तरण गर्ने प्रयास पनि गरेकी छन् । यस्तै भावको एक शेर यस्तो छ -
माया मात्र सधै कहाँ धोका पनि साँची हेर
आफ्नै मात्र दुःख देख्छौ अरूका पनि जाँची हेर ।

यसरी नेपाली गजल संसारमा एक निकै आशालाग्दो स्रष्टाको उदय भएको छ । नेपाली साहित्यमै नारी स्रष्टाहरूको न्यून उपस्थिति भएको स्थितिमा भगवती बस्नेतको यस उपस्थितिले म अत्यन्तै हषिर्त छु । त्यसमा पनि नेपाली साहित्यमा एउटा गजलकारका रूपमा उनको प्रवेशले म झनै सुखी छु । आफ्नो गजल यात्रालार्इ र्र्निरन्तरता दिँदै थप गम्भीरतासहित उनी साधनारत रहने छिन् र हामीले उनीबाट सुन्दरतम् गजलहरू प्राप्त गर्दै जाने छौं भन्नेआशासहित यी नवागन्तुक गजलकारलाइ स्वागत गर्दै उज्वल भविष्यको कामना गर्दछु ।

_________________________________________________________

*भूमिकाबाट साभार
Bhagawati Basnet and Lalijan Rawal सँग

0 comments

Write Down Your Responses

तपाइको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया दिन नभुल्नुहोस् । Please, drop Your Valuable Comment Here ..Or Direct Send us Email : nbnabinudasi@gmail.com