अनलाइन बट गरिने के हो त् Online Business , Online Job अनि Internet Marketing ?

Online Business अनि इन्टरनेट मार्केटिंग गर्दै गर्दा र मेरो clients संग deal गर्दै गर्दा मैले यो महसुस गरे कि हामी नेपाली साथीहरुमा Online Business , Online Job अनि Internet Marketing को बारेमा बझाई अलि कम जस्तो लगेर यो पोस्ट लेख्दै छु | मैले यसो भन्दा सबै नेपाली साथीहरुलाई भन्न खोजेको चाही पक्कै होइन | धेरै यस्ता नेपाली साथीहरु पनि छन् जो मैले भन्दा धेरै जानेका, बुझेका अनि Online बाट धेरै पैसा कमाएका अनि कमाई रहेका छन् | यो पोस्ट ति नेपाली साथीहरुको लागि हो जो Online Business गर्न त चाहान्छन तर यो के हो र कसरि गर्ने भनेर अन्योलमा छन् | हामी नेपालीहरुको के बनि छ भने काम सुरु नै गरेका हुन्नन् शुरुमै पैसा कसरि आउछ भनेर सोधी हाल्छन | पहिला यो के हो, कसरी गर्ने, कसरी सिक्ने, कसरी बुझ्ने, कतिको मेहेनत चाहिन्छ, जान्न जरुरी छ नि, कि कसो साथीहरु ? हेर्नुस, तंपाई कुनै पनि बिजिनेसमा हात हाल्नुस, सबै भन्दा पहिला त्यो बिजिनेसको बारेमा, त्यसको scope को बारेमा, त्यसको मार्केटको बारेमा साथ साथै त्यसको competitor को बारेमा बुझ्न जरुरी हुन्छ | त्यसपछि आउछ, लगानीको कुरा | सानो भन्दा सानो बिजिनेस किन नहोस बिना लगानी गर्न सम्भब हुँदैन| त्यसपछि बिजिनेस शुरु गर्नु हुन्छ र तंपाईले मेहेनत गर्नु हुन्छ र त्यहि अनुसार सफलता पाउदै जाने हो | यहि same सिद्दान्त Online Business मा पनि लागु हुने हो |







यी सब कुरा गरी राख्दा यहाँ निर के जोड्न मन लग्यो भने कुनै पनि काम वा बिजिनेस गर्न वा एउटा सफल business entrepreneur हुन सुरुमा vision हुनु पर्छ | Vision बनाई सके पछि आफ्नो mission create गर्नु पर्छ ताकी आफ्नो Vision सम्म पुग्न सकोस | यी दुईलाई Fulfill गर्न र एकदम महत्वपुर्ण भनेको तंपाईमा Passion हुन जरुरी छ | यदि तंपाई यी तीन चिज लिएर कुनै काम गर्नु हुन्छ भने सफल हुन तंपाईलाई कसैले पनि रोक्न सक्दैन | Okkk , अब हामी हाम्रो बिषयबस्तु तिर लागौ होला है साथीहरु | आखिर के हो त यो Online Business , Online Job अनि Internet Marketing ? Online Business र Online Job अनलाईन बिजिनेस वा ई-बिजिनेस भनेको ति बिजिनिसहरु हुन् जुन बिजिनेसहरु इन्टरनेट वा अनलाईनको माध्याम बाट गरिन्छ | त्यस्तै अनलाईन जब भनेको कुनै पनि काम जुन काम इन्टरनेट वा अनलाईनमा बसेर गरिन्छ वा गर्नु पर्छ | जस्तै Example को लागि अमेरिकाको मल्टिप्लेक्स सिस्टम भन्ने कम्पनिको EASY 1 UP भन्ने प्रोग्राम इन्टरनेट बिजिनेस हो | जसमा आबद्द भएर म इन्टरनेट मर्केतिङ्गको बिजिनेस गरी राखेको छु | त्यस्तै काठमाडौँको एउटा Gautam Company ले इन्टरनेट सम्बन्धि सम्पूर्ण सेवा दिन्छ साथ साथै Online सम्बन्धी त्रैनिंगहरु पनि दिन्छ | धेरै व्यक्तिहरु त्यहाँबाट त्रैनिंग लिएर अहिले काम गरी राखेका छन् जसमा म पनि पर्दछु | अब त्यो Gautam Company ले गरी राखेकोलाई अनलाइन बिजिनेस भनेर बुझ्नु पर्यो अनि त्यहाँबाट त्रैनिंग लिएर जस जसले काम गरी राखेका छन्, त्यसलाई अनलाईन जब भनेर बुझ्नु पर्यो | Internet Marketing यो बिषय धेरै बिशाल छ | यसमा बुझ्नु पर्ने कुराहरु धेरै छन् | एउतै पोस्टमा बुझाउन र बुझ्न अलि गारो पनि हुन्छ | यहि बिषयमा म तंपाईहरु सामु अरु पोस्ट पनि लिएर आउने नै छु | यहाँ केहि महत्वपूर्ण जानकारीहरु मात्र छोटकरीमा राख्दैछु |
इन्टरनेट मार्केटिंग भन्नाले कुनै पनि बिजिनेस वा ब्रान्ड र तिनीहरुको प्रोडक्ट र सेवाहरुलाई इन्टरनेट र यसका टूल्सहरुको मद्दतबाट प्रोमोट गरेर ट्राफीक वा लीड्स वा अझ सजिलो गरि भन्दा कस्टमरहरु generate गरेर बिक्रि गर्नुलाई बुझाउछ| यो एउटा टार्गेट मार्केट र टार्गेट कस्टमर सम्म पुग्ने अत्यन्तै सस्तो र भरपर्दो माध्याम हो | इन्टरनेट मार्केटिंगलाई अनलाईन मार्केटिंग पनि भन्ने गरिन्छ | आजकल त इन्टरनेट मार्केटिंगलाई कन्टेन्ट मार्केटिंग भनेर पनि बुझाईन्छ र बुझिन्छ किनकि कन्टेन्ट मार्केटिंग नै इन्टरनेट मार्केटिंगको Present र Future भइ सकेको छ | इन्टरनेट वा कन्टेन्ट मार्केटिंगको मुख्य उद्यस्य भनेको नै लीड्स वा कस्टमरहरुलाई सहयोग गर्नु, उनीहरुलाई केहि सेवा दिनु हो | त्यसको बापत Return मा केहि Reward मतलब Sales पाउनु हो किनकि इन्टरनेट वा कन्टेन्ट मार्केटिंगले टार्गेट कस्टमरहरुलाई सिकाउछ, केहि गर्न प्रेरणा दिन्छ, बाटो देखाई दिन्छ अनि उनीहरुको समस्याको समाधान गरी दिएको हुन्छ | Internet Marketing नै किन त ? के छ त यसको महत्व ? १- यो affordable छ ! प्राय इन्टरनेट मार्केटिंगको strategies फ्री (social media marketing ) वा धेरै सस्तोमा गर्न सकिन्छ | २-इन्टरनेट मार्केटिंगबाट तंपाई आफ्नो बिजिनेस लोकल एरिया मात्र सिमित नराखी संसारको कुन काप्चा सम्म पुर्याउन सक्नु हुन्छ | ३- internet never sleeps . Always Opens . राति काम गर्ने हरुले पनि तंपाईको बिजिनिस सिकेर तंपाईको प्रोडक्टहरु किनी राखेका हुन्छन जुन समयमा तंपाई मज्जाले सुति राख्नु हुन्छ | ४- यसबाट आफ्नो टार्गेट कस्टमरहरु पाउन एकदम साहिलो हुन्छ जसले गर्दा तंपाईको दुवै समय र पैसा बचिन्छ र अरु मार्केटिंगमा जस्तो यसमा फेस तु फेस कस्टमर भेटेर डील गर्नु पर्दैन र धेरै खर्च गरेर ad हरु बनाई राख्नु पर्दैन | ५- 2019 सम्ममा यो मार्केटिंग यस्तो कम्पनि भई सक्छ कि जसको बजारको पूजिं मात्र $313 Billion हुन्छ | ६- संसारको 91% बिजिनेस हरुले यसको पावर थाहा पाएर यसलाई अंगाली सकेका छन् | ७- इन्टरनेट मार्केटिंगबाट तंपाईले पहिलेको परम्परागत मार्केटिंगको भन्दा ३ गुणा बढी कस्टमरहरु पाउनु हुनेछ र यो मार्केटिंग पहिलेको भन्दा 62 % कम सस्तोमा गर्न सकिन्छ | ८- इन्टरनेट मार्केटिंग गर्नेले नगर्नेले भन्दा 126 % बढी कस्टमर पाई राखेका हुन्छन | हाम्रो नेपालमा कतिको Scope छ त इन्टरनेट मार्केटिंगको ? नेपालमा इन्टरनेटको शुरुवात RONAST ( Royal Nepal Academy of Science and Technology ) र प्राइभेट कम्पनि MOS ( Mercantile Office Systems ) ले सन् 1993 मा गरेको थियो | सन् 1994 मा RONAST ले छोडी सके पछि Mercantile Communication ले Professional रुपमा इन्टरनेटको विकास गरेको थियो | त्यति बेला इन्टरनेट भनेको खाली E -mail Service को लागि मात्र प्रयोग भएको थियो | सन् 1995 मा त्यस्तै Email Service दिने अर्को कम्पनि WORLD LINK शुरु भएको थियो र त्यसले काठमाडौँमा सेवाहरु दिएको थियो |त्यो बेला इन्टरनेटको प्रयोग भनेको बिकशित बिशेष गरेर काठमाडौँ उपत्यकामा मात्र सिमित थियो किनकि पहाडी ठाउमा र इन्टरनेट AFFORD गर्न नसक्ने ठाउहरुमा लान गारो थियो | सन् 2010 सम्ममा नेपालमा इन्टरनेट चलाउने कुल जनसंख्याको 30 % मात्र थियो | आज आएर इन्टरनेटको सेवा दिने ISP ( Internet Service Provider) मात्र 23-30 वटा सम्म नेपालमा स्थापना भई सकेका छन् र सेवाहरु दिई राखेका छन् |आजको एकदम ठुलो ISP ; Nepal Telecom (Nepal Telecommunication ) ले सन् 2001 देखि इन्टरनेट सेवा शुरु गरेर मानिसहरुको घर घरमा, कोठा कोठामा, अफिस अफिसमा इन्टरनेट पुर्याई दिएको छ |साथ साथै अहिले त Ncell , UTL , Smart Telecom जस्ता कम्पनिहरु स्थापना भएर NTC संग Competition मा लागि परेका छन् | तपाईहरुलाई थाहा छ, Management Information System ( MIS ) को रिपोर्ट जुन Nepal Telecommunication Authority (NTA ) ले तयार पर्दछ, अनुसार नेपालको कुल जनसंख्याको 63 % ले अहिले इन्टरनेट चलाउछन् | 95.62 % जनसंख्याले mobile Tower को range मुनि बसेर इन्टरनेट चालाउछन् | Nepal Telecom को मात्र 8.66 Million users छन् जुन नेपाली इन्टरनेट मार्केटको 54.91% हुन्छ | त्यस्तै Ncell को 7.41 million users छन् जुन मार्केटको 42.43 % हुन्छ | अरु बाकी users भनेको UTL र Smart Telecom को छन् | प्राईभेट ISP संग मात्र 322,433 कस्टमर छन् जुन नेपालको इन्टरनेट मार्केटको 1.93 % मात्र हुन्छ किनकि यी ISP कम्पनीहरु मुख्य मुख्य शहरी क्षेत्रमा मात्र सिमित छन् | January 20 , 2018 सम्ममा अघिल्लो बर्षको भन्दा हरेक घन्टामा 250 जना इन्टरनेट Connection मा आई राखेका छन् | Average मा हरेक दिन नेपालमा 6,581 भन्दा बढी नया इन्टरनेट प्रयोगकर्ताहरु थपि राखेका छन् | यसरी समयको माग संगसंगै नेपालमा पनि इन्टरनेटको प्रयोग र बिकाश तिब्र रुपमा बिकाश भई राखेको छ | अरु बिकशित देशमा जस्तो नभए पनि त्यतिको हुन खोजी राखेको छ | हालै मात्र चीनबाट इन्टरनेट ल्याउने सरकारले नया सम्झौता गरेको छ | माथि भने जस्तै इन्टरनेट मार्केटिंग एउटा यस्तो powerful tool हो कि जस्तो प्रयोग बाट तंपाईले आफ्नो बिजिनेसलाई धेरै फराकिलो बनाउन सक्नु हुन्छ | अब आफै बुझ्नुस कि इन्टरनेट मार्केटिंगको नेपालमा अनि संसारभरि कतिको Scope र महत्व छ | यो भनेको एउटा BOOMING मार्केटिंग हो | बिकशित देशहरुमा आफ्नो सबै काम, आफ्नो जागिर छोडेर यसैलाई full TIME दिएर बिजिनेसको रुपमा अंगालेर बस्ने धेरै व्यक्तिहरु छन् | नेपालमा पनि नभएको होइन त धेरै कम मात्रामा छन् |

तंपाईहरु पनि जन्नुस, बुझ्नुस र आजैबाट यसको प्रयोग गर्न थाल्नुस | पैसा कमाउने र आफ्नो बिजिनेस फराकिलो पर्न कसलाई रहर हुदैन र | नेपालमा पनि धेरै साथीहरु छन् जो यो बिजिनेस गर्न चाहान्छन तर नबुझेर नजानेर अन्योलमा छन् | तंपाई पत्याउनु हुन्छ, यसै सम्बन्धि मैले एउटा पोस्ट फचेबूकमा हाल्दा 14,500 मानिसहरुको Reach पुगेको थियो त्यो पनि २ दिनमा | तर सबैको एउतै Question थियो -- यो के हो अनि कसरि गर्ने ? आजकल जान्ने, बुझ्ने अनि सिक्ने थुप्रै माध्यामहरु छन् | विभिन्न शहरहरुमा यहि मार्केटिंग अनि अनलाईन सम्बन्धि कोर्सहरु सिकाउने थुप्रै institute र Company हरु खुली सकेका छन् | अनलाईन बाट नै सिकाउने थुप्रै इन्टरनेट मर्केटरहरु छन् | तंपाईले सिक्न नै चाहनु भयो भने अनलाईन मै थुप्रै सामग्रीहरु, कोर्सहरु अनि प्रोग्रामहरु छन् | अहिलेको अनि भबिस्यको Secure अनि राम्रो पैसा कमाउने बाटो भनेकै इन्टरनेट र इन्टरनेट मार्केटिंग हुन् | नोट : - तंपाईहरु पनि इन्टरनेट मार्केटिंग को बारेमा जान्न र सिक्न चाहनु हुन्छ भने हाम्रो टिमलाई सम्झन सक्नु हुन्छ |


स्रोत : wiredtreasure 

,