संकटमा रातो रंग ~ जयन्ति मगर 'सरगम'

  • संकटमा रातो रंग ~ जयन्ति मगर 'सरगम'




पाठशालाबाट फर्कने क्रममा स्कटमा लट्पटिएको रातो रङले टाटोको रूप लिएपछि बच्चीको आँसुको रङ रातो थियो । आँखामा आँसुभन्दा बढी भय बोकिरहेकी प्रेमीद्वारा जूनसँग त कहिले फूलसँग दाजिएकी दिलमाया सम्झिन्छे प्रेमीद्वारा कोठीमा ल्याइ पुर्‍याइनु पूर्व 'उसले' दिएको गुलाब रातै थियो । डल्लीलाई आधाआधी याद छ त्यो अनुहार जुन परदेशिनु पूर्व निधारमा रातो टीका थियो अहिले बुझ्छे डल्ली त्यो अनुहार उनको बेपत्ता बाउको थियो । भर्खरै सेतो सारीमा बेरिएकी रामप्यारी सम्झिन्छे ती सारी , घुम्टो, चुरा, पोते सबै रातै थिए जुन पहिरिनासाथ उनका सारा उडान रद्द भएका थिए । त्यो दुर्गम बस्ती यसो हिजोतिर फर्किएर हेर्छ भञ्ज्याङ वरपर अस्तव्यस्त फैलिएका ती किताबहरू रातै थिए जसलाई टेकेर 'ऊ' सिंह दरबार पस्यो र बिर्सियो गाउँ । यसरी बारबार रातो रंगले लगाइ रहँदा ओठसम्म आइपुग्ने मुस्कानलाई बार आज यो रङ परेकोछ संकटमा भन्नूहोस् महाशय ! भोलि कुन संग्राहलयमा संग्रहित हुनेछ क्रान्तिको प्रतीक रातो रंग

नोट: तपाई आफ्ना लेख रचनाहरु पठाउनु चाहनुहुन्छ भने नेपाली युनिकोडमा मात्र टाइप गरेर अथवा फेसबुक मा पठाउनु होला