विकासका साझेदारलाई खाडी नपठाऊ..




घायल क्षितिज (राेल्पा) 

खासगरी समुदाय स्तरका नागरिकको सशक्तीकरण र राज्यका सबै निकायले प्रदान गर्ने सेवा प्रवाहलाई सहजीकरण गर्नभन्दै तत्कालीन गाबिस र नगरपालिकाका वडाहरुमा लाेकसेवाकै मापदण्डअनुसार नियुक्त गरिएका सामाजिक परिचालकहरु यतिबेला हजारौं अन्यवलता र धन्धकार भित्र अाफ्नाे भविष्य खाेजिरहेका छन विगत ८/९ वर्ष देखि खालि निर्वाह भत्ता र अास्वासनकाे भरमा सनिवार सार्वजनिक विदा दिनरात नभनी समाजकै सेवामा समर्पित उनिहरु पुस १४ २०७४ काे नेपाल सरकार राज्यमन्त्री स्तरीय निर्णयबाट एकाएक भुमिका बिहिन हुनपुगेका हुन। यसरी अचानक अाफुले गर्दै अाएकाे राेजीराेटी स्वयं अाफूलाइ नै थाह नहुने गरी राज्यपक्षबाट खाेसिए पछि अाअाफ्नाे स्थानीय तह प्रदेश र केन्द्र सरकार राजनीतिक दल लगायत विभिन्न सराेकावाला निकायलाई अाफ्नाे ज्ञापनपत्र बुझाए पनि कतैबाट सुनुवाइ नभए पछि पुस २८, २०७४ मा काठमाडौ खुलामञ्चकाे पत्रकार सम्मेलन मार्फत उनीहरुकाे अाधिकारिक संगठन नेपाल सामाजिक परिचालक कर्मचारी संघले अान्दाेलनकाे घाेषणा गर्दै देशभरका ४६६४ जना सामाजिक परिचालकलाई अान्दोलनमा सहभागी हुन अाव्ह्वान गर्याे जस अनुसार ३६ दिनकाे लामाे अान्दोलन पश्चात चैत १३ २०७४ काे नेपाल सरकार मन्त्री स्तरीय निर्णयबाट चैत १६ देखि लागुहुनेगरी चालु अा.व. सम्मलाई मात्रै भनेर उनीहरु काममा फर्किए याे नै उनिहरुकाे अान्दाेलनलाई सेफ ल्याण्डिङ गर्ने अवसर भए पनि याे सहमति अान्दाेलनकाे मर्म र उपलब्धि मान्न सकिने अवस्था थिए र पनि यस अवधिलाई रणनीतिक तयारीकाे रुपमा सदुपयोग गर्दै विभिन्न जिल्ला प्रदेशका भेलागरि सम्बन्धित निकायलाई बारम्बार बिउझाउने कामहरु गरिरहे जसकाे फलस्वरूप केही स्थानीय तहहरुले सामाजिक परिचालककाे म्याद थप्दै सेवा निरन्तरता दिएकाछन तर यसैमा चित्तबुझाएर बस्न सक्ने अवस्था भने देखिदैन ।

केन्द्र तथा प्रदेश सरकारले स्थानीय तह भनेको स्वयत्त सरकार हाे हामीले याे गर त्यो गर भनेर भन्न मिल्दैन भन्ने अनि स्थानीय तहकाे सरकारले केन्द्र सरकारले हामीलाई हात बाँधेर राखेको छ हामी एक्लैले केही निर्वणय गर्न सकक्दैनाैं भनेर पंछिने र टाढिने काम मात्रै भएको छ एउटा हावाले भरिएको भकुण्डोलाई जतिनै तल पछारिन्छ त्यतिनै जाेडले माथि उफ्रिन्छ ठीक त्यसरी नै लामो समय तत्कालीन स्थानीय निकाय र हालको स्थानीय तहकाे कार्यानुभवले भरिएका सामाजिक परिचालक लाई पनि उनीहरुको न्यायाेचित मागलाई संवाेधन गर्नुकाे साटाे व्यवास्ता गरियो भने र याे असार पछि सामाजिक परिचालककाे सेवा निरन्तरता नदिएमा अझै सशक्त अान्दोलन गर्ने तयारीमा रहेको उनीहरुले बताउदै अाएकाछन हुनत एउटा श्रमिकको न्युनतम ज्याला १५००० ताेकिएकाे अवस्थामा १२००० निर्वाह भत्तामा काम गरिरहेका सामाजिक परिचालकहरु जागिर माेह छाेडेर अरु केही गर्नै नसकिने त हैन तर पनि याे उनिहरुकाे जागिर भन्दापनि स्वाभिमानकाे लडाइँ हाे याे ८/९ वर्षको अवधिमा उनिहरुले जुन ज्ञान सीप अनुभव र दक्षता हाँसील गरे त्यसको उचित मुल्यांकन हाेस भन्ने उनिहरुकाे माग रहेकाेछ एकातिर स्थानीय तहमा यति हजार उति हजार कर्मचारी चाहियो भन्दै अाँकडा निकाल्ने यत्रतत्र सर्वत्र विकास र संबृद्धीका कुरा गर्ने अर्कोतिर त्यही क्षेत्रमा वर्षाैं लामाे अनुभव हासिल गरेका सामाजिक परिचालक लाई अवमूल्यन गर्ने कुरा अा
फैमा विरोधाभास पूर्णछ यसले घर घरमा सिंहदरबार भन्ने संघियताकाे मर्मलाई अात्मासाथ गर्न सक्दैन एउटै वडा सचिवले ३/४ अाेटा वडाको काम गर्नुपर्ने अवस्थाछ जसको पहिलो प्रभाव उपभोक्ता समिति गठन त्यसको कार्संचालनमा देखिन गएको छ एउटै याेजनाकाे कामले दर्जनाै पटक गाउँ पालिका नगरपालिका जाँदै फर्कनु पर्ने वाध्यात्मक अवस्था सिर्जना भएको छ स्थानीय सरकार पनि लगाम बिनाकाे घाेडा जस्तै भएको छ सेवाग्राहीकाे बढ्दाे चापले स्थानीय तह अस्तव्यस्त छ यस्तो अवस्थामा सरकार भने अायाेगबाट कर्मचारी पदपूर्ति गर्ने भन्दै बस्दा कैयौं वडा कार्यालयहरु कर्मचारी विहिन हुन पुगेका छन जसका कारण सेवाग्राही नागरिकलाई सास्ती माथि सास्ती थपिदै गएको छ अायाेबाट कर्मचारी पदपूर्ति गरेर नागरिकले पाउने सेवा सुविधा लाई सहजरूपमा प्रदान गर्ने सरकारको साेच पनि स्रहानियछ तर लाेकसेवा तयारी गर्ने अाफ्नाे उर्जाशील समय याे राज्यको लागि समर्पण गरेका यी सामाजिक परिचालकहरु अधिकांशकाे लाेकसेवा भिड्ने उमेर पनि नाघिसकेको छ तर उनिहरुले हाशील गरेको ज्ञान सीप र अनुभवलाई पनि साच्चिकै नयाँ नेपालकाे विकास र संवृद्धीसंग जाेड्न सके देश बिकासले सार्थकता पाउनेछ अन्यथा उनीहरुको अात्मावल स्वाभिमानमा नकारात्मक असर पर्नजानेछ घरमा कामगर्न राखेको कामदार लाई झैं देशभरिका परिचालकलाई हटाउन खाेजिएमा समग्र देशको अवस्थामा नै अस्थिरता अराजकता उत्पन्न हुने देखिन्छ यसमा सराेकारवाला निकायको समयमै ध्यान जावस सामाजिक परिचालककाे समस्या उचित र सम्मानजनक तवरले समाधान खाेजियाेस।

लेखक : त्रिबेणी रोल्पाका सामाजिक परिचालक हुन् 

नोट: तपाई आफ्ना लेख रचनाहरु पठाउनु चाहनुहुन्छ भने नेपाली युनिकोडमा मात्र टाइप गरेर अथवा फेसबुक मा पठाउनु होला 

,