अतितको सम्झनाले

नवराज बुढा 'नवीन उदासी'केटा:
अतितको संझनाले यो मुटु नै जलाई दियो।
मनको खुसी भित्र कस्ले छुरी चलाई दियो।।

केटी:
सके सम्म भबिष्य संझीएर बाँच्नु पर्छ,
मनभरी पिडा भा'नि सबै संग हाँस्नु पर्छ।

केटा:
छैन खुसी यो उदासी मनमा बिच्छुकभै हिँड्छु,
तिम्रो साथ पाएँ भने लाग्छ खुसी सारा जिट्छु।

केटी:
जिन्दगीमा म'नि एक्लैछु तर धोका दिने हौकि,
झुटो मायाँ देखाएर कतै टाढा हुने हौकी।

केटा:
फुलि र'न्छु तिमि संगै झरी कतै जाने छैन,
जुनि-जुनि तिम्रै हुँ कुनै धोका दिने छैन।।