रेकर्डिङ गीतहरु

गीत- अतितको सम्झनाले.....

अतितको  सम्झनाले  यो  मुटु जलाई दियो। 

मनको खुसी भित्र कसले छुरी चलाई दियो। 

छैन  खुसी   यो   मनमा  उदासी  भै हिड्छु। 

तिम्रो   साथ  पाएँ  भने  खुसी  सारा जित्छु। 

भविष्यलाई   सम्झिएर   संगै  बाँच्नु   पर्छ। 

मन  भरी   पिर भए'नी   बाहिर हाँस्नु पर्छ ।

झुटो   मायाँ   देखाएर  धोका  दिने   हौकी ? 

मलाई  एक्लै   रुवाएर  टाढा   हुने   हौकी ?

फुली रहन्छु तिमि संगै झरी कतै जाने छैन।  

फुली  रहन्छु  तिमि  संगै   ढोका दिने छैन। 

एल्बम" केहि काँडा केहि फूल 

शब्द" नवराज बुढा 'नवीन उदासी'

संगीत: राजेश थापा 

स्वर: सागर अविरल जिसी / खुसेनिछो चाम्लिङ 


आज किन मनमा केहि सोँच्नै सकिन, 
भाग्य आफ्नो मैले केहि बुझ्नै सकिन। नविन उदासी

मनबाट सारा खुसीहरु पाखा लागे 
झर्नासरी बग्ने मनमा कस्का आँखा लागे। 
तर पनि काँडा बनि घोच्नै सकिन 
भाग्य आफ्नो मैले केहि बुझ्नै सकिन। 

खुसी जति आजै आँखा बाट झरि गयो, 
जीवन मेरो बगरको ढुंगासरि भयो। 
अधुरो भो यात्रा सागर पुग्नै सकिन 
भाग्य आफ्नोआज किन मनमा केहि सोँच्नै सकिन, 

भाग्य आफ्नो मैले केहि बुझ्नै सकिन। नविन उदासी

मनबाट सारा खुसीहरु पाखा लागे 
झर्नासरी बग्ने मनमा कस्का आँखा लागे। 
तर पनि काँडा बनि घोच्नै सकिन 
भाग्य आफ्नो मैले केहि बुझ्नै सकिन। 

खुसी जति आजै आँखा बाट झरि गयो, 
जीवन मेरो बगरको ढुंगासरि भयो। 
अधुरो भो यात्रा सागर पुग्नै सकिन 
भाग्य आफ्नो मैले केहि बुझ्नै सकिन। 

आज किन मनमा केहि सोँच्नै सकिन, 
भाग्य आफ्नो मैले केहि बुझ्नै सकिन।

शब्द: नवराज बुढा 'नवीन उदासी'
संगीत: राजेश थापा

स्वर: श्रेयसी चेम्जोंग मैले केहि बुझ्नै सकिन। 

आज किन मनमा केहि सोँच्नै सकिन, 
भाग्य आफ्नो मैले केहि बुझ्नै सकिन।

शब्द: नवराज बुढा 'नवीन उदासी'
संगीत: राजेश थापा
स्वर: श्रेयसी चेम्जोंग