गीत

गीत-मनै रुवाउछ...
नवराज बुढा "नवीन उदासी"

परदेशिकै गीत गाउँछ होला डाँडा पाखाले मेरो।
मनै रुवाउँछ उनको त्यो रसिलो आँखाले मेरो।

बुझाउँनै सकिन मन एक्लै टोलाई रा'छ।
बिरह छायो यो मनैको बस्तिमा आज।
के छ सञ्चो भनी सोध्छ गीतको भाकाले मेरो।
परदेशिकै गीत गाउँछ होला डाडा पाखाले मेरो।

कतिदिन बिताए चन्द्र सुर्य रातो हेरेर।
थाके होलिन पर्खाइको बाटो हेरेर।
मुटु साह्रै दुखायो बिछोडको काडाले मेरो।
परदेशिकै गीत गाउँछ होला डाडा पाखाले मेरो।

परदेशिकै गीत गाउँछ होला डाडा पाखाले मेरो।
मनै रुवाउँछ उनको त्यो रसिलो आँखाले मेरो।