गजल

                      गजल

नवराज बुढा 'नवीन उदासी'                          

तिम्रो दुःख मेरो पीडाको एउटा गीत लेखौंला|
हारे पनि सफलतामा पिरतीमा जीत लेखौंला|

कहिले काहीं मनमा चोट हुँदा आँशु बगे पनि,
याम संगै बग्ने एउटा सिरेटोको सित लेखौंला|

नराम्रो सोंचे पनि सोच्छन पराइले हामीलाई.
तर यहाँ सबै संग हाँसेर सबैको हित लेखौंला|

सधै सुख कहाँ हुन्छ र दुःख नि हुन्छ कहिले,
त्यसैले नै दुःख हाम्रो जीवनको मित लेखौंला|

आउँछन उसै जान्छन उसै गोरेटोमा भेटिनेहरु,
नभए साथ भेटिनु र छुटिनु'नी रित  लेखौंला|

© 2013 | Nabaraj Budha 'Nabin udasi' All Right Reserved