दुई गजलहरु

बसन्तमै उजाडी गएँ मन परेको फूल झर्दा खेरी
हेर्ने सकिन तिम्रो शिरमा पराइको सिन्दुर पर्दा खेरी|

eutai थियो यात्रा जीवनको गोरेटोमा तिम्रो मेरो,
छोडी गयौ दोबाटोमा मलाई ठेस लागि लड्दा खेरी|

न भोग छ न प्यास छ जाँगर सबै गल्दै छ अचेल,
मनको खुसी सारा रित्याएर तिमीलाई भर्दा खेरी|

बाँचेर तिम्रो लागि तिम्रो खुसी देख्नु थ्यो मलाई,
तर जाँदै छु आज दुनियाँ देखी म मर्दा खेरी|

एल्बम: केहि काँडा केहि फूल
शब्द: नवराज बुढा 'नवीन उदासी' 
संगीत: राजेश थापा 
स्वर: दीपक लिम्बू 
सहयोगी: तिब्वत दर्लामी 

गीत- कसैको तस्बिर.......

कसैको तस्बिर यो छाती भित्र टाँसिएछ|
झलझली देखि रहन्छ उतै मन साटिएछ|



पत्तै पाइन् खै ! कहाँ बटा यो मनमा आयो,
घरि भुल्छु भन्छु मन मेरो पागलै बनायो|
दिनरात तस्बिर हेरेर नै सारा रात काटिएछ 
झलझली देखि रहन्छ उतै मन साटिएछ|

कहिले हाँसे जस्तो हुन्छ कहिले रोए जस्तो,
याद आउँदा स्पर्शले यो मन मेरो छोए जस्तो|
हुन्छ सक्छ साँचो कुरा मलाई केहि ढाँतिएछ
झलझली देखि रहन्छ उतै मन साटिएछ|

कसैको तस्बिर यो छाती माथि टाँसिएछ.
झलझली देखि रहन्छ उतै मन साटिएछ|