कविता
देउराली बनपाखा सबै शुन्य छ
बनका न्याउली रोइरहेका छन्,
तिर्खाएर प्यासी बनेर|
फर्किएन परदेश पसेर
गाउँलाई सम्झिएर आज दासी बनेर|
उनको मन पनि आत्तिँदो हो
एकोहोरो कति सम्झिँदो हो|
तर, परदेश पसेको साँइलाले
एक पटक पनि गाउँलाई
सम्झिएन, उनको त्यो
नाउँलाई सम्झिएन|
हो अचेल किन साँईला दाई
किन निष्ठुरी बनेको छ ?
समाज देखि, आफन्त देखि, साथि
भाई देखि उ आज निष्ठुरी नै बनेको,
सहरको रमझममा भुलेर
कसैको मनभित्र फुलेर..|
अझै पनि आशा मारेकी छैनन् रे
उनको मुटुको टुक्राले
आउँछ भन्दै दोबाटोमा
टोलाएर बस्न आज सम्म|
साँईलालाई संझेर
अझै सम्म पाइला अन्तै
सारेकी छैनन् रे..|
बसेर पर्खाइका बाटाहरुमा....!!