पाँच गीतहरु


आँखा चिम्लेर देखिन्छ सपना सपनी चाहिँदैन। 

नवराज बुढा 'नवीन उदासी'

नवीन उदासी

फूल रै'छ जीवन काँडा बिच फुल्नु पर्ने, 
बाध्यता रैछ जीवन नचाहेरै भुल्नु पर्ने। 

बैगुनीलाई गुन लगाई गुनले मार्न सकिनँ, 
दुखी रह्यो मुटु मेरो तर आँशु झार्न सकिन। 
जे भए पनि दुनियाँमा हाँसेर भुल्नु पर्ने 
बाध्यता रै'छ जीवन नचाहेरै भुल्नु पर्ने। 

कसै संग गरेको संकल्प अधुरो भयो, 
मै हिँड्ने गन्तब्यमा ठुलो पहिरो गयो। 
त्यसैले आखीर कल्पनामा त डुल्नु पर्ने, 
बाध्यता रैछ जीवन नचाहेरै भुल्नु पर्ने। 

फूल रै'छ जीवन काँडा बिच फुल्नु पर्ने, 
बाध्यता रैछ जीवन नचाहेरै भुल्नु पर्ने।

गीत -२

नवराज बुढा 'नवीन उदासी'जन्मे देखि दुःख पाइयो कस्तो रहेछ जिन्दगी।
झरेको पात जस्तै उजाड-उजाड भएछ जिन्दगी। 

मुटुभरी पिडै  पिडा मात्रै छ अब पोखौं कसलाई ?
छैन कोहि पढी दिने दुःख जति लेखौं कसलाई ?
आफ्नै मन पनि छोडेर धेरै टाढा गएछ जिन्दगी 
झरेको पात जस्तै उजाड-उजाड भएछ जिन्दगी। 

जीवनको यात्रा'नि यस्तै रहेछ अग्लो होंचो डांडा 
जहाँ टेक्छु त्यहि नै किन मलाई नै बिज्छ काँडा। 
कसैको दुःख, पिडा देखी आज पग्लिएछ जिन्दगी 
झरेको पात जस्तै उजाड-उजाड भएछ जिन्दगी। 

जन्मे देखि दुःख पाइयो कस्तो रहेछ जिन्दगी 
झरेको पात जस्तै उजाड-उजाड भएछ जिन्दगी।

गीत ३



थाहा पाएँ आज तिमिले अर्कै रोजे छौ। 
दुई दिन बाँच्दा'नि मलाई एक्लै छोडे छौ।। 

खोज्ने गर्छु तिमिलाई कल्पनामा हराएर, 
भन एक चोटी के'भो तिमिलाई मन पराएर। 
तर बोलिनौ तिमि कस्तो भाउ खोजे छौ, 
दुई दिन बाँच्दा'नि मलाई एक्लै छोडे छौ।। 

कुनै दिन त्यो फूल पनि सबै झरेरै जानेछ, 
दु:खमा पर्दा तिमिलाई पश्चात्ताप लाग्नेछ। 
नदिझै बग्दै जाँदा तिमिले के खै ! सोँचे छौ, 
दुई दिन बाँच्दा'नि मलाई एक्लै छोडे छौ।। 

थाहा पाएँ आज तिमिले अर्कै रोजे छौ। 
दुई दिन बाँच्दा'नि मलाई एक्लै छोडे छौ।।

गीत -४ 

हाँस्दै रमाउँदै म जन्मिएँ रोल्पामा। 
दु:ख सुख भोग्दै म हुर्किएँ रोल्पामा।। 

आज धेरै टाढा छु कस्तो भो मेरो ठाउँ, 
झलझली संझनामा आउँछ मेरो गाउँ। 
अनेकन दु:ख पिडामा तड्पीएँ रोल्पामा, 
दु:ख सुख भोग्दै म हुर्किएँ रोल्पामा।। 

ओइलिदा चाहहरु कतै फुल्न सकिन, 
मातृभूमी यो मनले भुल्न सकिन। 
यहाँ दु:ख भोग्दा सुख संझिएँ रोल्पामा 
दु:ख सुख भोग्दै म हुर्किएँ रोल्पामा। 

हाँस्दै रमाउँदै म जन्मिएँ रोल्पामा। 
दु:ख सुख भोग्दै म हुर्किएँ रोल्पामा।।


गीत -५ 


भाग्य आफै लेखिन्छ लेख्न केहि पनि चाहिदैन। 

अभागी भए पनि भाग्य सम्झी रुन सकिन, 
हजार कोसिसले पनि मैले शिखर छुन सकिन। 
गरिबको त हुन्छ चोखो दिल अरु धनि चाहिँदैन 
भाग्य आफै लेखिन्छ लेख्न केहि पनि चाहिदैन। 

अरुलाई त हँसायो जिन्दगीले मलाई त रुवायो, 
आफ्नो मान्छेलाई बाध्यताले टाढा बनायो। 
आफ्नै मन पनि आज निठुर बनि चाहिँदैन 
भाग्य आफै लेखिन्छ लेख्न केहि पनि चाहिदैन। 

आँखा चिम्लेर देखिन्छ सपना सपनी चाहिँदैन। 
भाग्य आफै लेखिन्छ लेख्न केहि पनि चाहिदैन।