तिमिले बिकाश

गजल

तिमिले विकास गरेको सवै ठाउँ उस्तै छन।
फरक केही छैन जहाँ जान्छु पाउ उस्तै छन।

भन्न, गर्नमा भिन्नता हुन्छ सोचेनौ पहिले,
परिवर्तनको खातिर सबै नाउ उस्तै छन।

अवसरबादी भै अघि बढ्यौ फर्कि हेरेनौ,
युद्धले चर्किएको त्यि पुरानो घाउ उस्तै छन।

छोरा फर्की छोरी फर्की आउने आसमा,
टोलाई बसेका बुढा आमा बाउ उस्तै छन।

तिमी हिड्छौ चिल्ला मोटर गाडिमा,
लडाइमै गलेका बिना पाउ उस्तै छन।

नवराज बिढा "नवीन उदासी"
nbnabinudasi (at) gmail dot com