छ गीतहरु

NB Nabin Udasi
नवराज बुढा 'नवीन उदासी'
-नवराज बुढा 'नवीन उदासी'
मायाँ धेरै, याद धेरै सम्झना घरि-घरि|
दुःखमा छौं हामि आँशु छ यो आँखाभरी|
मनमा हर्ष बोकेर खुसी आउँछ एकदिन,
कहिले सुख कहिले दुःख यस्तै हो जीवन|
सुख त आएर नि जान्छ उसै छायाँ सरी
दुःखमा छौं हामि आँशु छ यो आँखाभरी|
बुझेका छ्यौ सबै मैले केहि भन्नै पर्दैन,
अमर हाम्रो यो मायाँ कहिल्यै पनि मर्दैन,
सहानुभूति निकालौंला बग्दा आँशुको झरी
दुःखमा छौं हामि आँशु छ यो आँखाभरी|
मायाँ धेरै, याद धेरै सम्झना घरि-घरि|
दुःखमा छौं हामि आँशु छ यो आँखाभरी|
२.
-नवराज बुढा 'नवीन उदासी'
सात समुन्द्र तरेर आएँ कमाउन धन ,
तिमीलाई एक्लै छोडी आउँदा रोयो मन|
जोडेर घरबार पाएनौ संग-संगै बस्न
तिमि नहुँदा साथमा गाह्रो भो बाँच्न|
भाग्यले नि कस्तो बनाई दियो जीवन,
तिमीलाई एक्लै छोडी आउँदा रोयो मन|
पर्खी बस्नु मायाँको पोको लिई आउंछु सानु,
मलाई एक्लै छोडेर कतै पनि नजानु|
ड्युटीमा हुँदा मात्रै भुल्ने रहेछु सम्झन,
तिमीलाई एक्लै छोडी आउँदा रोयो मन|
सात समुन्द्र तरेर आएँ कमाउन धन ,
तिमीलाई एक्लै छोडी आउँदा रोयो मन|
३.
संगै जिउँला भन्थ्यौ, तर एक्लै छोड्यौ एकान्तमा
 संयोगले हँसाउछु भन्थ्यो तर रुवायो वियोगान्तमा|
तिम्रो मनको कुरा केहि बुझ्नै सकिन कहिल्यै मैले,
देउतै सम्झीएर पुज्न सकिनकि तिमीलाई हातैले|
अनायासै मलाई आज तिमीले नै दोषी ठान्यौं किन ?
कसरी सहुँ यो मनमा बचनको तीरले हान्यौ किन ?
जति दुःख पिडा भए पनि हाँस्नै पर्ने यो यो मनमा,
के सोंचेको थिएँ, के भयो आज यो एक्लो जीवनमा|
४.
एक्लै बाँचु भन्दा पनि जीवन  साथी  चाहिँदो रहेछ
नदेखेको, नभेटेको मायाँले झनै साह्रो सताउँदो रहेछ|
नवीन उदासी
सधै एक्लै भै बाँच्नु पर्दा जिन्दगीमा आज एक्लै छु
संगै यात्रा गर्ने जिन्दगीको गोरेटोमा आज एक्लै छु|
नदेखेकै जाति हुन्थ्यो देखेपछी सपनीमा आउँदो रहेछ
नदेखेको, नभेटेको मायाँले झनै साह्रो सताउँदो रहेछ|
सुख दुःखमा साथी भनि अँगाल्छु आफ्नै छायालाई
बुझ्ने गाह्रो कस्तो सृष्टी गुमाउनु पर्ने दुनियालाई|
सुख खोज्दै कल्पनामा भौतारिंदा दुःख पाउँदो रहेछ
नदेखेको, नभेटेको मायाँले झनै साह्रो सताउँदो रहेछ|
एक्लै बाँचु भन्दा पनि जीवन साथी चाहिँदो रहेछ
नदेखेको, नभेटेको मायाँले झनै साह्रो सताउँदो रहेछ|
५.



गीत- तिम्रो त अर्कै ......
तिम्रो त अर्कै भैसकेको रैछ जीवन साथी।
त्यसैले आज भएँ तिम्रो नजरमा नजाती। 
हिम्मत लिई सधै अगाडी नै बढ्नु निष्ठुरी,
बधाई छ, सफलताको शिखरै चढ्नु निष्ठुरी।
म त तिम्रो भएछु आज बिश्वासको नै घाटी,
त्यसैले आज भएँ तिम्रो नजरमा नजाती।
आज पनि तिमीलाई सपनीमा नै देखें फेरी,
भुल्छु भने'नि बिपनीमा उसैलाई भेटें फेरी।
जसरी पनि भुल्छु अब तड्पिनु भन्दा राति,
त्यसैले आज भएँ तिम्रो नजरमा नजाती।
तिम्रो त अर्कै भैसकेको रैछ जीवन साथी।
त्यसैले आज भएँ तिम्रो नजरमा नजाती।
६.





न तिमीलाई भुल्न सक्छु न परिवारलाई/
कस्तो गाढा मायाँ बसेछ आज हामीलाई/
तिम्रो बारे खबर नआउँदा मन आत्तिन्छ,
नबोले'नि तस्बिर संगै भावना सात्तिन्छ/
तर तड्पिनु पर्छकी सम्झनामा मुटु जलाई
कस्तो गाढा मायाँ बसेछ आज हामीलाई/
उदासी यो मनमा आज परिवारकै दबावछ
भुल्न खोज्दा'नि यो मनमा तिम्रै आभाव छ/
 खै ! कसरी पो भौलौं वियोगमा मुटु गलाई
कस्तो गाढा मायाँ बसेछ आज हामीलाई/
न तिमीलाई भुल्न सक्छु न परिवारलाई/
कस्तो गाढा मायाँ बसेछ आज हामीलाई/
© NB Nabin udasi