गजल

नवराज बुध नविन उदासीनवराज बुढा 'नवीन उदासी' 

भाग्यले पनि थग्यो मलाई आज। 
बाँचेकै छु यो दिल जलाई आज। 

टुक्रा टुक्रा सपना चक्नाचुर हुँदा, 
सिउनै पर्न रै'छ मन गलाई आज। 

हिँड्दै थिएँ गन्तब्य पुग्न कतै टाढा, 
इर्ष्यालु आई त्यसै नि ढलाई आज।

उदास-उदास एक्लै हुन्छु विरहमा, 
मनको पिडा सुनाउ कसलाई आज।