कविता


-नवराज बुढा 'नवीन उदासी'

मलाई मन पर्दैन
यी शहरका कृतिम महलहरु।
मलाई मन पर्दैन
 यी शहरका गल्लीहरु।
जताततै फोहोरै फोहोर छ।
जताततै दुर्गन्धित छ।

कठै ! गाउँको जस्तो
स्वच्छ सफा हावापानी कहाँ पाउनु ?
आज आफ्नो तकदिर सम्झेर
रुन्छु परदेशमा।
तर पनि यो जिन्दगीलिमा,
यो भाग्यमा लेखे जति
सबै स्वीकार छ।

तर....
किन सिसा जस्तै फुटेर
 जान्छन सपनाहरु ?
निन्द्रा बेचेर सपना किन्न बटुवाझैं
हिंडेको एउटा यात्री म।
आज दोबाटोमा एक्लो छु।

म अगाडी बढ्ने थिएँ।
म अगाडी लम्कने थिएँ।
आकाशका नौ लाख ताराहरु
जस्तै गरेर।
तर... भविष्यको बाटो कतै
 देख्न सकिन।
आफ्नै छायाँले पनि आज साथ
 छोडेको छ।
थाहा भयो भविष्य मेरो अन्धकार भएछ।
भविष्य मेरो अन्योलमा
परिरहेछ।

हो... त्यसैले आफ्नो भाग्यमा
भए भन्दा धेरै खोज्न
मलाई मन पर्दैन